सर्वदलीय बैठक बालुवाटारमा शुरु
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:५३
1.6K
shares
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बालुवाटारमा भईरहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको बैठकमा संघीय संसदमा प्रतिनिधित्व गर्ने सबै दलको प्रतिनिधित्व रहेको बालुवाटार श्रोतले जनाएको छ । मन्त्रिपरिषद वैठक सकिए लगतै सर्वदलीय वैठक शुरु भएको हो। आजको सर्वदलीय वैठकमा बढ्दो राजवादीको सक्रियतालगायतका समसायिक विषयवस्तुमा छलफल हुने जनाईएको छ ।
वैठकमा लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि आफ्ना एजेण्डा तय गरेको छ । कांग्रेसले सत्तारुढ नेकपाको विवाद समाधानमा राष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता, कोरोना नियन्त्रणमा सरकारको असफलता, सत्तारुढ दलभित्रको विवादका कारण नगरिकमा फैलिएको निरासा, संसद वैठक आह्वानका लागि सरकारलाई माग गर्नेलगायतका एजेण्डा उठाउने भएको छ ।
वि.सं.२०७७ मंसिर २३ मंगलवार ११:५३




















