YouTube Link

लामो समयदेखि अल्झिएको एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेताहरुको बैठक बस्दै

Facebook Link

काठमाडौं: तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच भएको पार्टी एकीकरण प्रकृयाले ११ महिनापछि मात्रै मुर्तरुप पाउने भएको छ । लामो समयदेखि अल्झिएको एकता प्रकृया टुंग्याउन नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।

नेकपाका शीर्ष नेताहरु अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेल छलफलमा जुटेर एकीकरण प्रकृयालाई अन्तिम रुप दिईने बताईएको छ । एकीकरण प्रक्रियामा आफूलाई कम आँकलन गरिएको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल असन्तुष्ट थिए । उहाँसँगको छलफलपछि एकीकरण टुंगोमा पुग्न लागेको हो ।

शुक्रबार र शनिबार दुई अध्यक्षसहित नेपाल र पौडेलले एकीकरणका सम्बन्धमा छलफल गरी एकता प्रकृयालाई टुंग्याउने सैद्धान्तिक सहमति गर्नुभएको थियो । कम्युनिस्ट पार्टी स्थापना दिवसको दिन पारि बैसाख ९ अर्थात सोमबार एकता प्रक्रिया टुंग्याउने तयारी भएका नेकपाले जानकारी दिएको छ । नेताहरुबीच सहमति नजुट्दा जिल्ला सहितका तल्लो तह तथा जनवर्गीय संगठनहरुको एकता पछिल्लो ११ महिनादेखि अल्झिरहेको थियो ।

चार शीर्ष नेताबीच जिल्ला अध्यक्ष र सचिवहरूको सूची टुंग्याउन केही नीतिगत र सैद्धान्तिक विषयमा सकारात्मक छलफल भएको छ । आज बैठक बसी शीर्ष नेताहरुबीच छलफल हुने र एकताको प्रस्तावलाई अन्तिम रूप दिइने ‍बताइएका छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...