कोरोना संक्रमण तीब्र हुँदा मृतकको संख्यामा नयाँ रेकर्ड, पछिल्लो २४ घण्टामा १२ हजार संक्रमितको मृत्यु
वि.सं.२०७७ मंसिर ११ बिहीवार ०९:३०
1.8K
shares
काठमाडौं: विश्वभर महामारीको रुपमा फैलिएको कोरोना संक्रमण तीब्र हुँदा मृतकको संख्यामा दैनिकजसो नयाँ रेकर्ड कायम हुन थालेको छ ।
पछिल्लो २४ घण्टामा १२ हजार संक्रमितको मृत्यु भएको छ ।
एकै दिन मृत्यु भएका संक्रमितको यो संख्या अहिलेसम्मकै उच्च हो ।
यसअघि बुधबार पनि ११ हजार ७ सय ३३ संक्रमितको मृत्यु भएको थियो ।
चीनको वुहानबाट सुरू भएको संक्रमण हालसम्म विश्वका २ सय १८ मुलुकमा फैलिएको छ ।
विश्वभर १४ लाख २५ हजार ८ सय ४६ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमण उच्च भएको युरोपमा मात्रै पछिल्लो २४ घण्टामा ५ हजार ४ सय ६९ जनाको मृत्यु भएको छ ।
युरोपेली मुलुकमा कोरोनाले सबैभन्दा धेरै बेलायतमा ५६ हजारभन्दा बढीको मृत्यु भएको छ ।
बेलायतमा पछिल्लो २४ घण्टामा ६ सय ९६ संक्रमितको मृत्यु भएको छ ।
योसँगै त्यहाँ मृतकको कुल संख्या ५६ हजार ५ सय ३३ पुगेको छ ।
बेलायतपछि इटालीमा सबैभन्दा बढीको मृत्यु भएको छ ।
इटालीमा अहिलेसम्म ५२ हजार २८ जनाको मृत्यु भएको छ ।
यस्तै फ्रान्समा पनि ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।
धेरै संक्रमित मृत्यु हुने युरोपेली मुलुकमा फ्रान्स तेस्रो स्थानमा छ ।
कोरोना संक्रमणले उत्तर अमेरिकी मुलुकहरूमा ३ लाख ९९ हजार १ सय १ जनाको मृत्यु भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ३ हजार १ सय ४९ जनाको मृत्यु भएको छ ।
उत्तर अमेरिकी मुलुकहरूमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकामा २ लाख ६८ हजार १ सय २२ जनाको मृत्यु भएको छ ।
संक्रमणले मृत्यु हुनेको यो संख्या विश्वमै पनि सबैभन्दा धेरै हो ।
यस्तै मेक्सिकोमा १ लाख २ हजार ७ सय ३९ जनाको मृत्यु भएको छ ।
धेरै संक्रमित मृत्यु हुने देशको सूचीमा मेक्सिको विश्वमै चौथो स्थानमा छ ।
यस्तै एसियाली मुलुकमा २ लाख ८३ हजार ३ सय १३ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ६८ जनाको मृत्यु भएको छ ।
एसियामा सबैभन्दा धेरै भारतमा १ लाख ३५ हजार २ सय ६१ जनाको मृत्यु भएको छ ।
मृतकका आधारमा धेरै प्रभावित भएको मुलुकमा भारत विश्वमै तेस्रो स्थानमा छ ।
यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ३ लाख २० हजार ४ सय २८ संक्रमितको मृत्यु भएको छ ।
दक्षिण अमेरिकी महादेशमा सबैभन्दा धेरै ब्राजिलमा १ लाख ७० हजार ७ सय ९९ जनाको मृत्यु भएको छ ।
अफ्रिकी महादेशमा पनि संक्रमणले मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।
पछिल्लो २४ घण्टामा अफ्रिकी महादेशमा ३ सय १८ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा ६ लाख ७ हजार ३ सय ५१ जनामा संक्रमण भएको छ ।
योसँगै विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ७३ लाख ३० हजार २ सय ९२ पुगेको छ ।
यसमध्ये १ लाख ३ हजार ५ सय ३८ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।
विश्वभर कुल संक्रमितको संख्या ६ करोड ७ लाख ४ हजार १ सय ९५ पुगेको छ ।
त्यसमध्ये ४ करोड १९ लाख ३७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् ।
वि.सं.२०७७ मंसिर ११ बिहीवार ०९:३०




















