Texas College
YouTube Link

आईसीसी एसोसिएट अवार्डको लागि पारस खड्का मनोनयनमा

Facebook Link

 

काठमाण्डौ – नेपालका पूर्वकप्तान पारस खड्का अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को मेन्स एसोसिएट प्लेअर अफ द डिकेड (दशककै एसोसिएट पुरुष खेलाडी) अवार्डको मनोनयनमा परेका छन् ।

आईसीसीको मेन्स एसोसिएट प्लेअर अफ द डिकेडमा तीन देशका ६ खेलाडी परेका छन् ।  मनोनयनमा नेपालका पारस खड्कासँगै स्कटल्याण्डका रिचे बेरिङ्टन, केल कोटजेर र क्यालम म्याकलियोड, नेदरल्याडका पिटर बोरेन र पपुवा न्यु गिनीका असद भाला छन् ।

पारस खड्काको कप्तानीमा नेपालले पहिलो पटक  टी–२० विश्वकप खेल्दै एकदिवसीयको पनि मान्यता पाएको थियो ।

मनोनयनमा परेकालाई आईसीसीको साइटमा गएर भोट गर्न सकिनेछ । आईसीसीकै मेन्स प्लेअर अफ द डिकेड, वुमन्स प्लेअर अफ द डिकेड, मेन्स टेस्ट प्लेअर अफ द डिकेड, मेन्स ओडीआई प्लेअर अफ द डिकेड, वुमन्स ओडीआई प्लेअर अफ द डिकेड सार्वजनिक भएको छ ।

साथै मेन्स टी–२० प्लेअर अफ द डिकेड वुमन्स टी–२० प्लेअर अफ द डिकेड, वुमन्स एसोसिएट प्लेअर अफ द डिकेड र स्प्रिट अफ क्रिकेट अवार्ड अफ द डिकेडको पनि मनोनयन सार्वजनिक भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...