YouTube Link

कांग्रेसमा देउवाले पेल्दा पौडेललाई सास्ती

World Cup 2026
Facebook Link

काठमाडौ: सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा मात्र नभई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसभित्र पनि आन्तरिक किचलो बढ्दो मात्रामा छ ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति नजिकिदै जाँदा पार्टीभित्र केन्द्रीय पदाधिकारी र विभाग गठनमा पार्टी सभापति शेरबहादुर देउवाले एकलौटी गरेपछि त्यसले पार्टीभित्र आन्तरिक किचलो ल्याएको हो ।

पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षले देउवाको यस्तो एकलकाटे निर्णयप्रति पटक पटक विरोध गरेपनि त्यसलाई सभापति देउवाले पुरै बेवास्ता गर्दै आईरहेका छन् ।

जसले गर्दा महाधिवेशन नकिजिकिदै गरेपनि तोकिएको समयमा महाधिवेशन हुने कि नहुने भन्नेमा अन्यौतलता छाएको छ ।

कांग्रेसमा दिनहुँ बैठक र छलफल भएपनि दुवै पक्षको आ–आफ्नो अडान नछोड्दा विवादले झन उग्र रुप लिएको छ ।

पार्टीभित्र पेलेरै लैजाने रणनीतिमा रहेको पौडेल पक्षको बुझाई छ । हुन पनि देउवाले पार्टीभित्र निर्णय गर्दा आफूखुशी नै गर्ने गरेका छन् ।

जसका कारण पार्टीभित्र आन्तरिक किचलो बढ्दो मात्रामा देखिएको हो ।

पार्टी सभापति देउवा महाधिवेशन मिति सार्ने पक्षमा रहेका छन् भने पौडेलपक्ष जसरी पनि तोकिएकै मितिमा महाधिवेशन गर्नुपर्ने अडानमा रहेका छन् ।

त्यसले झन किचलो थप्ने काम गरेको छ भने एक अर्कामा बोली नै बन्द हुने अवस्थामा पुगेको छ ।

सभापति देउवा, वरिष्ठ नेता पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीचको शक्ति सन्तुलन नमिल्दा एकले अर्काको अस्तित्व ग्रहण गर्न सकेका छैन ।

जसका कारण पनि पार्टीभित्रको विवादले तेलमा घ्यू थप्ने काम गरेको छ ।

देश संघीयतामा गएको लामो समय भैसक्दा पनि कांग्रेसले आफ्नो पार्टी संगठनलाई संघीय संरचनामा ढाल्न सकेको छैन ।

यसैगरी भ्रातृ तथा शुभेच्छुक संस्थामा आ–आफ्ना गुटका व्यक्ति राख्नै पर्ने हाना थाप चलेको छ ।

यसले के देखाउँछ भने पार्टीभित्र संगठनलाई भन्दा पनि नेताहरुको ध्यान आगामी महाधिवेशनमा सभापति र पदाधिकारी बन्नेमा केन्द्रित भएको छ ।

महाधिवशेनको मिति घोषणा भए पनि अझै क्रियाशील सदस्यता वितरणको काम टुंगो लगाउन सकेको छैन ।

विधान अनुसार चार वर्षे कार्यकाल सम्पन्न भएर एकपटक विशेष परिस्थिति भन्दै थपिएको एक वर्षको अवधि सकिन लाग्दा समेत महाधिवेशन हुने वा नहुने निश्चित हुन सकेको छैन ।

पार्टी सभापति देउवाले पेल्ने र पौडेल लगायत नेताले झेल्ने बाहेक अरु काम अगाडी बढ्न सकेको छैन ।

यसले कांग्रेस पार्टीलाई कहाँ पुर्याउला भन्ने कुरा अहिले यसै भन्न सक्ने अवस्था छैन ।

अर्को भनेको तोकिएकै मितिमा महाधिवेशन हुने वा नहुने भन्ने कुराई पनि यसै भन्न सक्ने अवस्था छैन ।

पार्टी सभापति देउवा र पौडेल समूहबीच अहिले माया जहिल्यै रिसाउने माय जहिल्यै रिसाउने भन्ने गीतको थेगोले काम गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...