जर्मनीको पोष्टमा ६ गोल गर्दै स्पेन सेमिफाइनलमा
वि.सं.२०७७ मंसिर ३ बुधवार ०९:२९
1.7K
shares
काठमाडौं: फेरान टोरेसले करियरको पहिलो ह्याट्रिक गरेपछि स्पेनले नेसन्स लिगमा जर्मनीलाई ६–० को फराकिलो अन्तरले पराजित गरेको छ ।
सेमिफाइनल पुग्न जित्नै पर्ने खेलमा स्पेनले शानदार जित हात पारेको हो । जितपछि समूह ए चारणबाट स्पेन सेमिफाइनलमा प्रवेश गरेको ।
६ खेलबाट स्पेनले ११ अंक जोड्दा जर्मनी ९ अंक जोड्यो ।
अन्तिम खेलमा जर्मनीलाई बराबरी नै पर्याप्त थियो तर फराकिलो हारपछि जर्मनी समूह चरणबाटै बाहिरिएको हो ।
स्पेनका लागि फेरान टोरेसले खेलको ३३औं ५५औं र ७१औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे ।
यस्तै अल्भारो मोराटा, रोड्री र मिकेल ओयाजबालले एक–एक गोल गरे । यसै समूहको स्वीट्जरल्याण्ड र युक्रेनबीचको खेल रद्द भएको छ ।
फ्रान्स र पोर्चुगल पनि आ–आफ्नो खेलमा विजयी
यसैगरी समूह ए तीन अन्तर्गत अन्तिम दुई खेलमा फ्रान्स र पोर्चुगल विजयी भएका छन ।
यसअघि नै समूह विजेता बनिसकेको फ्रान्सले स्वीडेनलाई ४–२ ले हराययो ।
जितपछि फ्रान्स १६ अंक जोड्दै समूह विजेता बन्दा स्वीडेन रेलिगेसनमा परेको छ ।
खेलमा स्वीडेनले पहिले अग्रता लिएपनि ओलिभर जिरुडले दुई गोल गरेपछि पुनरागमन गर्यो ।
भिक्टोर क्लासेनले खेलको चौथो मिनेटमै गोल गर्दै स्वीडेनलाई अग्रता दिलाएका थिए ।
१६औं मिनेटमा जिरुडले फ्रान्सका लागि बराबरी गोल फर्काए ।
३६औं मिनेटमा बेन्जामिन पाभार्डले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए ।
जिरुडले ५९औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सले ३–१ को अग्रता बनायो ।
८८औं मिनेटमा स्वीडेनका रोविन क्वाइसनले गोल गर्दै गोलअन्तर कम पार्ने प्रयास गरेपनि ढिला भयो ।
फ्रान्सका लागि किंगसले कोमनले इन्ज्युरी टाइममा गोल गर्दै ४–२ को जित दिलाए ।
उता रुवेन डियासले दुई गोल गरेपछि पोर्चुगलले १० खेलाडीमा रहेर खेलको अन्तय गरेको क्रोएसिया विरुद्घ ३–२ को पुनरागमन जित हात पारेको छ ।
पोर्चुगलका लागि जाओ फेलिकसले एक गोल गरे । क्रोएसियाका लागि दुवै गोल माटियो कोभासिसले गरे ।
५१औं मिनेटमा क्रोएसियाका मार्काे रोग रातो कार्ड पाउँदै बाहिरिएका थिए ।
वि.सं.२०७७ मंसिर ३ बुधवार ०९:२९




















