YouTube Link

नेकपा विवाद: अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नछाडेसम्म दाहाल र नेपाल चुप नलाग्ने पक्षमा

Facebook Link

काठमाडौं: नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सचिवालय बैठकमा फरक राजनीतिक प्रस्ताव पेश गरेपछि यतिबेला नेकपाको राजनीतिक तरंगित छ ।

कार्यकारी अध्यक्ष दाहालले वरिष्ठ नेताहरुकै सल्लाहमा राजनीतिक प्रस्ताव पेश गरेका हुन् । शुरुमा दाहालको एकल प्रस्ताव भनिएपनि पछि वरिष्ठ नेताहरुले त्यो साझा धारणा भएको प्रतिक्रिया दिएपछि अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौति बढेको छ ।

दाहालकै कारण ओली प्रधानमन्त्री बनेको, पार्टीलाई दुई तिहाई बहुमत प्राप्त भएको र ऐतिहासिक रुपमा ५ बर्षे सरकारको नेतृत्व गर्न पाएका उनलाई अहिले सत्ता छाड्ने कि दाहाल फाल्ने भन्नेमा द्धिविधा छ ।

शुरुवातदेखि नै पूर्व एमालेकै नेताहरुको मन जित्न नसकेका ओलीले अहिले पार्टीबाट लगभग एक्लो भएका छन् । आफ्नो राजनीतिक प्रतिवेदनमा दाहालले ओलीमाथि सबै किसिमका आरोप लगाएपछि ओली गुट झस्किएको छ ।

शुरुमा प्रस्ताव फिर्ता लिन दबाब दिएका ओली पक्षका नेताहरु अहिले कसरी सो प्रस्तावमाथि छलफल अगाडी बढाउने भन्नेमा पनि अलमलमा छन् । यसै विषयमा शनिबार प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि आन्तरिक परामर्श गरेका छन् ।

ओलीविरुद्ध एकपछि अर्को चाल बुनिरहेका पुष्पकमल दाहाल यतिबेला प्रधानमन्त्री बन्ने धुनमा छन् । ओलीकै नेतृत्वमा चुनावमा जाँदा अहिले आएको बहुमत जोगिने सम्भावना नभएपछि आगामी चुनावमा सत्ता सुरक्षित गर्न दाहाल प्रधानमन्त्री बन्न चाहेको देखिन्छ ।

तर ओलीले पद छाड्न मानेका छैनन् । ओलीले प्रधानमन्त्री पद मात्रै होइन, नेकपाको अध्यक्ष पद नै छाड्न मानेका छैनन् । अध्यक्ष र प्रधानमन्त्रीमध्ये एक पद नछाडेसम्म दाहाल र माधव नेपाल पनि चुप लाग्ने पक्षमा छैनन् ।

र यो पनि पढ्नुहोस्

हङकङमा नेपालीले सञ्चालन गरेको रेष्टुरेण्टमा आगलागी हुँदा ७ जना नेपालीको मृत्यु
तिहारको अन्तिम दिन आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत, बालगोपालेश्वर खुला, नेपाल संवत् ११४१ मनाइँदै
युरोकप जुन ११ देखि सुरु हुने, कुन टिम कुन समुहमा
यूईएफए नेसन्स लिगमा बेल्जियद्वारा इग्ल्याड २–० गोल अन्तरले पराजित

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...