नेयमारको वकिलद्घारा बार्सिलोनासँग ४४ मिलयिन युरो माग
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:१२
1.7K
shares
काठमाडौं ः– नेयमारको वकिलले बार्सिलोनसँग ४४ मिलियन युरो माग गरेको छ । दुई पक्षबीच भएको कानुनी लडाईको अन्तिम अध्यामा बार्सिलोनाले ब्राजिलियन खेलाडीलाई ४४ मिलियन युरो तिर्न भनिएको बताएको छ ।
पेरिस सेन्ट–जर्मेनका खेलाडी नेयमारले पनि आफ्ना प्रतिनिधिहरुले जूनमा गरेको फैसलालाई लिएर अपिल गरेका थिए । उनले पूर्व क्लबलाई ७.७ मिलियन युरो भुक्तान गर्न भनिएको विषयलाई लिएर अपिल गरेका थिए । क्यू टी जुग्सले गरेको रिर्पाेट अनुसार नेयमारले आफ्नो पुरानो क्लबबाट करिब ६० मिलियन युरो माग गरिरहेका छन । नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी पुगेका थिए । नेयमारको मामलमा उनी अझै पनि ४४ मिलियन युरो नविकरण बोनसपाउने विश्रास गर्छन ।
बार्सिलोनाले क्लब छोड्दासम्म मात्र उसलाई रकम तिरेको थियो । अब यो मामला क्याटालोनियाको उच्च न्यायलयले सुल्झाउने छ ।
यी कानुनी दाबीहरुको जड २६ मिलियन युरोको बोनस हो, जुन नेयमार र बार्सिलोनाबीच २०२१ सम्मा क्याम्प न्युमा आफ्नो सम्झौता नवीकरण गदर्न सहमति भइसकेको थियो । तर नेयमार पीएसजी गएपछि क्याटलान क्लबले अबरुद्घ ग¥यो ।
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार १६:१२




















