नेपाल राष्ट्र बैंकले सुन तथा चाँदीका सिक्का बिक्री शुरु
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ११:५४
1.5K
shares
काठमाडौं: नेपाल राष्ट्र बैंकले गत वर्षको तिहारको जस्तै यस वर्षपनि सुन तथा चाँदीका सिक्का बिक्री शुरु गरेको हो । कोरोना भाइरसबीच स्वास्थ्य मापदण्ड अपनाएर राष्ट्र बैंकले सुन तथा चाँदीको सिक्का बिक्री गरेको हो ।
तिहारको लक्ष्मी पूजाका दिन सुन, चाँदी जस्ता बहुमूल्य बस्तु खरीद गरी पूजा गर्ने परम्परा अनुसार राष्ट्र बैंकले सिक्का बिक्री गर्न थालेको हो । धनतेरसमा सुन तथा चाँदीका सिक्का खरिद गर्नेहरूको संख्या धेरै नहुने भएकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर सिक्का बिक्री गरिरहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
भौतिक दुरी कायम हुने गरी लाइन राखेर स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर भौतिक दूरी कायम गरी राष्ट्र बैंकले एक पटकमा ३ जनासम्मलाई भित्र पस्न पसाएर सिक्का बिक्री गरिरहेको छ । राष्ट्र बैंकले सुनका १० ग्राम, ५ ग्राम र साढे २ ग्रामका सिक्का बिक्री गरिरहेको छ भने राष्ट्र बैंकले चाँदीका सिक्का बिक्री गरिएको छ । राष्ट्र बैंकले लक्ष्मी, गजलक्ष्मी तथा गणेशको मूर्ति भएका चाँदीका सिक्का बेच्न शुरु गरेको छ ।
१० ग्रामको सुनको असर्फी किन्न चाहने व्यक्तिले ८३ हजार २ सय ९१ रुपैयाँ खर्चनु पर्नेछ । चाँदीको सिक्काको १ हजार ६ सय रुपैयाँ तिर्नुपर्ने छ । एउटा व्यक्तिले २ वटाभन्दा सुन तथा चाँदीको असर्फी तथा सिक्का किन्न नपाउने राष्ट्र बैंकले जनाएको छ ।
वि.सं.२०७७ कात्तिक २८ शुक्रवार ११:५४




















