नेपालमा कोरोना संक्रमितको संख्या १,९९,७६० पुग्यो
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:५५
1.3K
shares
काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर २ हजार ७ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।
आज देशभर ८ सय ५३ जना सहित हालसम्म १ लाख ६० हजार ५ सय ७७ जना संक्रमणमुक्त भएका छन् । साथै देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या १ हजार १ सय ४८ पुगेको छ।
वि.सं.२०७७ कात्तिक २५ मंगलवार १६:५५



















