बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थाल्दै
वि.सं.२०७७ कात्तिक २३ आइतवार १४:५८
1.4K
shares
काठमाडौं: मैत्रीपूर्ण खेलका लागि बंगलादेश पुगेको नेपाली राष्ट्रिय पुरुष फुटबल टिमले आजबाट ढाकामा प्रशिक्षण थाल्ने भएको छ ।
गत बिहीबार ढाका पुगेको नेपाली टिमको कोरोना रिर्पाट नेगेटिभ आएसँगै प्रशिक्षण सुरु गर्न लागिएको हो ।
नेपाली टिमले शेख जमल रंगशालामा ४ दिन प्रशिक्षण गर्ने छन् । यस अघि नेपाली टिमले प्रशिक्षणको अनुमति पाएको थिएन । नेपाली टिम होटलमै क्वारेन्टिनमा रहेको थियो ।
शनिबार २५ खेलाडीसहित अफिसियलको कोरोना रिपोर्ट नेगेटिभ आएपछि नेपाललाई प्रशिक्षणको अनुमति मिलेको हो । अब नेपाली टिमले बंगलादेशसँगको मैत्रीपूर्ण खेल अघि पुन: एक पटक कोरोना परिक्षण गर्ने छन् ।
नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ ।
नेपाल र बंगलादेशबीचको दुबै खेल बंगबन्धु राष्ट्रिय रंगशालामा आयोजना हुनेछ । मैत्रीपूर्ण खेलको प्रत्यक्ष प्रशारण समेत हुने बताईएको छ ।
वि.सं.२०७७ कात्तिक २३ आइतवार १४:५८




















