YouTube Link

नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली सार्वजनिक

Facebook Link

काठमाडौं:  नेपाल राष्ट्र बैंकले मनिचेञ्जर इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ ल्याएको छ ।राष्ट्र बैंकले तोकेको नियम उल्लघंन गरेमा ५ लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरेको छ ।

राष्ट्र बैंकले आफूले गरेको निर्देशन पालना नगर्ने मनिचेञ्जर व्यवसायीको नगद धरौटी जफतदेखि व्यवसायीक प्रमाणपत्र निलम्बन तथा रद्द गर्नुका साथै सञ्चालक, पदाधिकारी तथा कर्मचारीलाई २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म नगद जरिवाना गर्न सक्ने व्यवस्था विनियमावलीमा गरेको छ ।

मनिचेञ्जर कम्पनीहरूले राष्ट्र बैंकबाट भारतीय रुपैयाँ खरिद बिक्री गर्न इजाजतपत्र लिएका मनिचेञ्जरले परिवत्र्य विदेशी मुद्रा खरिदको कारोबार गर्न पाइने छैन। परिवत्र्य विदेशी मुद्रा कारोबार गर्न इजाजतपत्र प्राप्त मनिचेञ्जरले भारतीय रुपैयाँको खरिद बिक्रीको कारोबार गर्न पाउने छैन । राष्ट्र बैंकको स्वीकृतिमा कार्यालय प्रयोजनको लागि बाहेक भवन निर्माण गर्न, अचल सम्पत्ति खरिद गर्न वा अन्य कम्पनीमा लगानी गर्न नपाउने व्यवस्था राष्ट्र बैंकले विनियमावलीमार्फत गरेको छ ।

विदेशी परिवत्र्य मुद्राको कारोबार गर्न चाहने मनिचेञ्जरले १५ लाख रुपैयाँको चुक्ता पुँजी र भारतीय रुपैयाँमात्रै कारोबार गर्न चाहने मनिचेञ्जरले १० लाख रुपैयाँ पुँजीको व्यवस्था गरेपछि मात्रै इजाजपत्र पाउने विनियमावलीमा उल्लेख गरिएको छ ।

मनिचेञ्जर कम्पनीहरूले भारतीय रुपैयाँको मात्र कारोबार गर्न चाहने मनिचेञ्जरले ५० हजार रुपैयाँ धरौटी र परिवत्र्य विदेशी मुद्राको खरिदका लागि कारेबार लागि ७५ हजार धरौटी स्वरुप राष्ट्र बैंकमा राख्नु पर्नेछ । कुनै मनिचेञ्जर रद्द भएर पुनः फिर्ता माग भएमा राष्ट्र बैंकले प्रकाशित गरेको सूचना वापत रकम कट्टा गरी वाँकी रकम फिर्ता गरिने विनियमावलीमा उल्लेख गरिएको छ ।

राष्ट्र बैंकबाट मनिचेञ्जरको कारोबार गर्न इजाजतपत्र लिनको लागि एक लाख २५ हजारसम्म शुल्क लाग्ने छ । भारतीय रुपैयाँ खरिद बिक्री गर्नको लागि २५ हजार रुपैयाँ र परिवत्र्य विदेशी मुद्रा खरिद बिक्री गर्नको लागि एक लाख रुपैयाँ राष्ट्र बैंकलाई शुल्क तिर्नुपर्नेछ ।

ऋण लिएर बदमासी नगरेको, नैतिक पतन देखिने फौजदारी कसूरमा अदालतबाट सजाय नपाएको, कुनै सरकारी, सार्वजनिक वा बैंक तथा वित्तीय संस्थाको सेवामा नरहेको, बैंक तथा वित्तीय संस्थाबाट कुनै कारवाहीमा नपरेको १८ वर्ष पुरा भएको नेपाली नागरिकले यो व्यवसाय सञ्चालन गर्न सक्नेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...