YouTube Link

एक महिनामा  १ हजार ७ सय सवारी साधन कारवाहिमा

Facebook Link

रामेछाप: रामेछाप जिल्लामा बितेको एक महिनाको अवधिमा ट्राफिक प्रहरीले १ हजार ७ सय सवारी साधनलाई कारवाहि गरेको छ । उक्त अवधिमा सवारी साधनलाई गरिएको कारवाहिबाट उठाइएको जरिवाना स्वरुपको राजस्व रकम १६ लाख ५४ हजार रुपैयाँ  संकलन भएको जिल्ला प्रहरी कार्यायल रामेछापका प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।

 

बन्दाबन्दि खुले संगै गत असोज २ गते देखि  कात्तिक २ गते सम्मको एक महिनाको अबधिमा मात्र नियम विपरित चल्ने विभिन्न यातायतका साधनहरुलाई गरेको कार्वाहि स्वरुप उक्त राजस्व संकलन गरिएको हो । रामेछापका ट्राफिक प्रमुख रामेश्वर पाण्डेका  अनुसार सदरमुकाम मन्थली र जिल्लाका विभिन्न नाकाहरुमा सवारी जाँचको लागि ट्राफिक सहित खटिएको प्रहरीको टोलिले चेकजाँच गर्दा ट्राफिक नियम  विपरित चलेका विभिन्न  १ हजार ७ सय  यातायातका साधनहरुलाई कारवाहि गरिएको हो ।

 

सरकारले लगाएको बन्दाबन्दि पछि  स्वास्थ मापदण्डलाई मध्यनजर गरि यातायातका साधन संचालन गर्न  सरकारले निर्देशन दिएको थियो ।  ट्राफिक नियमको पालना र त्यसको कार्यान्वयन संगै प्रहरीले दशै तिहार र छठ पर्वको अवसरमा सर्बसाधारणलाई यातयात क्षेत्रमा आईपर्ने समस्या बाट मुक्ति दिलाउनका लागि पनि थप कडाई गर्ने भएको छ । त्यसका लागि जिल्लाले विभिन्न ठाउँमा सहायता कक्ष संचालनमा ल्याई सकेको छ ।

 

सहायता कक्षको संचालन संगै प्रहरीले यातायातका साधनहरुले  लिने भाडा दर यात्रुहरुमा पर्ने समस्या ,जेष्ठ नागरिक र अपाड्ग तथा महिला प्रति चालक र सहचालकल गर्ने  व्यबहारका बारेमा पनि कडाईका साथ अनुगमन गरि त्यसको पुर्ण कार्यान्वयनका लागि समेत ट्राफिक प्रहरी क्रियाशिल हुने रामेछापका ट्राफिक प्रहरी प्रमुख रामेश्वर पाण्डेले जानकारी दिनुभयो ।

 

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...