दशैंको पाँच दिन कुनै पनि बैंक नखोल्ने निर्णय
वि.सं.२०७७ कात्तिक ४ मंगलवार १६:१९
1.6K
shares
काठमाडौं: बैंकहरुले कोरोना भाइरस सङ्क्रमणलाई ध्यानमा राख्दै दशैंमा आफ्ना शाखाहरु नखोल्ने भएका छन् । गत वर्ष दशैं बिदामा सीमित काउन्टर खोलेर सेवा प्रवाह गरेका बैंकले यस वर्ष कुनै पनि बैंक नखोल्ने निर्णय गरेको छ ।
सीमित शाखा खोलेर बैकिङ सेवा दिँदा कोरोना सर्ने जोखिम बढ्ने सम्भावना भएकाले सरकारले तोके अनुसार यही कात्तिक ७ देखि ११ गतेसम्म पाँच दिन सबै बैंकका शाखा नखोल्ने निर्णय गरिएको बैंकहरुको छाता सङ्गठन नेपाल बैंकर्स सङ्घले जनाएको छ ।
हाल बैंकहरुले एटिएम तथा डिजिटल कारोबारलाई प्राथमिकतामा राख्दै आएकाले यस पटक डिजिटल बैंकिङलाई प्रोत्साहन गरी शाखा खोलेर दिने सेवालाई बन्द गरिएको हो ।
वि.सं.२०७७ कात्तिक ४ मंगलवार १६:१९


















