YouTube Link

फरक क्षमता भएकाहरुलाइ राहत वितरण

Facebook Link

रामेछाप:  कोरोनाका कारण आर्थिक अबस्था कमजोर भई दशैं मनाउन समेत समस्यामा परेका  रामेछाप जिल्लाको  २ वटा स्थानीय तहका फरक क्षमता भएका व्यक्तिहरुलाई राहत वितरण गरिएको छ ।

कोशिस कृषि सहकारी संस्थाको सहजिकरणमा जिल्लाको मन्थली नगरपालिका र लिखुतामाकोसी गाउँपालिकाका फरक क्षमता भएका व्यक्तिहरुलाई लिप्रोसी मिसन नेपालको आर्थिक सहयोगमा सोमबार मन्थलीमा राहत वितरण गरिएको हो ।

चाडबाड मनाउनकालागि समस्यामा परेका सहकारी संस्थाका फरक क्षमता भएका शेयर सदस्यहरुलाई चामल, दाल, खाने तेल सहितको खाद्यान्न राहत वितरण गरिएको सहकारी संस्थाकी सचिव कविता श्रेष्ठले बताउनु भयो । संस्थाका अध्यक्ष मोहन बहादुर बुढाथोकीको अध्यक्षतामा सपन्न राहत वितरण कार्यक्रममा जिल्ला सहकारी संघ रामेछापका कार्यवाहक अध्यक्ष हिमाल ढुंगेलले बृद्ध महिला सदस्यलाई राहत सामग्री उपलब्ध गराएर कार्यक्रमको शुरुवात गर्नु भएको थियो ।

कार्यक्रममा रामेछाप वचत तथा ऋण सहकारी संघका अध्यक्ष जगन्नाथ दाहाल, मन्थली नगरपालिकाका निमित्त प्रशासकिय अधिकृत गोविन्द कट्टेल, नेपाल पत्रकार महासंघका अध्यक्ष रमेश ढुंगेल लगायतका बक्ताहरुले मन्तव्य राख्नु भएको थियो । कोरोनाकाकारण सवैजनालाई एकै ठाउँमा बोलाएर राहत वितरणकालागि समस्या भएकाले गाउँगाउँमा नै गएर वितरण गरिने संस्थाले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...