YouTube Link

ओलीको छिर्के दाउमा को कसलाई सकस ?

Facebook Link

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा मन्त्रीपरिषद् पुर्नगठन गरेपछि पार्टीभित्र असुन्टष्टताको पोको छरपष्ट भएको छ ।

बुधबार प्रधानमन्त्री ओलीले रिक्त तीन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नुको साथै केही मन्त्रीको जिम्मेवारीमा हेरफेर गरेका थिए । जसले पार्टीभित्र तीव्र असन्तुष्टि पैदा गरायो ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग छलफल गरेपनि अन्य बरिष्ठ नेताहरुसँग छलफल नगरी मन्त्रीपरिषद पुर्नगठन गरेका कारण पार्टीभित्रका बरिष्ठ नेताहरुले असन्तुष्टि पोखेका हुन् । त्यसको असर नवनियुक्त मन्त्रीको सपथग्रहण कार्यक्रममा देखियो ।

नवनियुक्त मन्त्रीहरुको राष्ट्रपति भवन सितल निवासमा सपथ हुँदै गर्दा यता बरिष्ठ नेताहरु रिसले चुर भएका थिए । फलतः उनीहरुले सपथग्रहण कार्याक्रम नै बहिस्कार गरे ।

यो वास्तवमा सांकेतिक बिरोध भन्दा पनि असुन्तिुष्टिको पोको एकैपटक छरपष्ट भएको हो । नवनियुक्त मन्त्रीको सपथग्रहण कार्यक्रममा पार्टी अध्यक्ष दाहाल, बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल (उनी उपचारका लागि अस्पताल गएका थिए), उपाध्यक्ष वामदेव गौतमले सहभागिता जनाएनन् ।

यसरी पार्टीका नेताहरुले तीव्र असुन्तुष्टि जनाउदा पनि प्रधानमन्त्री ओलीले केही प्रतिकृया जनाएका छैनन् । उनले काग कराउँदै गर्छ पिना सुक्दै गर्छ भने अनुसार आफ्नो काम अगाडी बढाएका छन् । हाल नवनियुक्त मन्त्रीहरुले आआफ्नो मन्त्रालयमा पदबहाली समेत गरिसकेका छन् ।

प्रधानमन्त्रीको कार्यशैलीप्रति असन्तुष्ट रहेपनि प्रचण्डले चुईक्क बोल्न सकेका छैनन् । बोले पनि उनको कुरालाई प्रधानमन्त्री ओलीले सुनेको नसुने झै गर्ने गरेका छन् । ओलीले प्रचण्डप्रति आफ्नो सर्कलका मान्छेहरुसँग खुले आम भन्ने गरेका छन् कि ‘उहाँ मच्चिनुहुन्छ मच्चिनुहन्छ अन्तिममा थच्चिनुको विकल्प छैन ।’

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...