चितवनमा छोरोसहित राप्तीमा हाम फालिन एक महिला
वि.सं.२०७७ असोज ३० शुक्रवार ११:०१
1.9K
shares
काठमाडौं : मादक पदार्थ सेवन गरी चितवनकी एक महिला डेढ वर्षको छोरोसहित राप्ती नदीमा हाम फालेकी छन् ।
छोरो सहित हाम फालेकी ती महिलालाई प्रहरीले उद्धार गरेको छ भने छोराको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका २२ पटिहानी बोटे टोलकी ३५ वर्षीया हेमन्ती बोटे हिजो बिहीबार राप्ती नदीमा छोरोसहित हाम फालेकी हुन ।
इलाका प्रहरी कार्यालय गितानगरको टोलीले खोजी गर्दा हेमन्तीलाई हामफालेको ठाउँभन्दा नजिकैबाट सकुशल उद्धार गरेको चितवन प्रहरीले जनाएको छ।
छोराको शव भने करिब २ किलोमिटर तल मेजरघाटमा मृत फेला परेको प्रहरीले जनाएको छ ।ती महिला नदीमा हामफाल्नुको कारण खुलेको छैन ।
वि.सं.२०७७ असोज ३० शुक्रवार ११:०१




















