धादिङमा गुडिरहेको गाडीमा आगो लागेपछि …
वि.सं.२०७७ असोज २६ सोमवार १०:३४
2.4K
shares
काठमाडौं: धादिङको थाक्रेमा गुडिरहेको बसमा एक्कासी आगो लागेको छ ।
आज बिहान तीन बजे थाक्रे गाउँपालिका–१ ढांडे सिम्लेमा ना ५ ख ६९० नम्बरको बसमा आगो लागेको प्रहरीले जनाएको छ ।
बसका चालक गोविन्द थापाका अनुसार बस गुडिरहेको बेला एक्कसी आगो लागेको हो ।
बसकमा आगो लागेपछि दम्कलको सहायताले आगो निभाएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए ।
आगलागीका कारण बसका अगाडी तथा पछाडिको भाग जलेको छ । आगो लाग्नुको कारण खुल्न नसकेको प्रहरीले बताएको छ ।
वि.सं.२०७७ असोज २६ सोमवार १०:३४




















