YouTube Link

बिद्युत प्राधिकरणले अधिकांश ठाउँमा शनिबार लाइन बन्द गर्ने

Facebook Link

काठमाडौः बिद्युत प्राधिकरणले उपत्यकाका विभिन्न वितरण केन्द्रबाट शनिबार लाइन बन्द गर्ने भएको छ । लाइन मर्मत, पोल सार्न, तारमा लागेका रुखका हाँगा काट्न र नयाँ तार तान्न बिभिन्न स्थानमा ७ देखि १० घन्टासम्म वितरण केन्द्रको लाइन बन्द गर्ने भएको छ ।

प्राधिकरणको लगनखेल, कलंकी, बालाजु, पुल्चोक र जोरपाटी वितरण केन्द्रबाट लाइन काटिदा उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुर साथै उपत्यका बाहिरका जिल्लाका अधिकांश ठाउँमा दिनभर बिजुली अवरुद्ध हुन लागेको हो ।

 

जोरपाटी वितरण केन्द्रबाट १० बजेदेखि साँझ ५ बजेसम्म लाइन काटिएको छ। लगनखेल, कलंकी र बालाजु वितरण केन्द्रबाट बिहान ११ बजे देखि बेलुका ५ बजेसम्म, पुल्चोक वितरण केन्द्रबाट बिहान ९ बजे देखि बेलुका ४ बजेसम्म रुखका हाँगा लगायतका अवरोध हटाउन लाइन काटिन लागेको विद्युत प्राधिकरणले जनाएको छ।

 

लगनखेल वितरण केन्द्रको टौखेल र चापागाउँ उपकेन्द्रबाट लाइन काटिँदा मूलपानी, कोतडाँडा, विष्टचाप, मान डाँडा र धोबीखोला क्षेत्रमा ११ बजेदेखि ६ घण्टा बत्ती आउने छैन। यस्तै कुलेश्वर वितरण केन्द्रबाट सालिक चोक, अमरज्योति स्कुल, हसनटार र मालपोत क्षेत्रमा ११ बजेदेखि ६ घण्टा बत्ती आउने छैन।

 

चक्रपथ बिस्तारका लागि एचटी लाइन तथा पोल सार्नुपर्ने भएकाले बालाजु वितरण केन्द्रबाट लाइन काटिँदा शेश्मती, गोलढुंगा, लोलांग, फुयाँलथोक, ओशो एरिया, तीनपिप्ले, ठुलाखोला, छत्रे देउराली, जितपुर फेदी, ढुंगेधारा, नर्सरीचोक, वनस्थली, कुमारीटोल क्षेत्र ६ घन्टा बत्ती आउने छैन ।

 

नयाँ फीडर जडानका लागि फुलचोकी वितरण केन्द्रबाट लाइन काटिदा सानेपा स्टार अस्पताल क्षेत्र, नयाँ बाटो र भनिमण्डल क्षेत्र ९ घन्टा प्रभावित रहने छन्। रूखका हाँगा काट्न र सडक बिस्तारका लागि जोरपाटी वितरण केन्द्रबाट ७ घन्टा बिजुली काटिँदा काँडाघारी, ग्रीनहिल सिटी, थली, डाँछी, गागलफेदी, इन्द्रायणी, लप्सीफेदी, नाङलेभारे, जरसिंह पौवालगायत क्षेत्र प्रभावित रहने छन्।

 

उपत्यका बाहिर काभ्रेको जंगलमा कभर तार तान्न लाइन बन्द रहँदा काठमाडौं विश्वविद्यालय, पस्थली, खोपासी, सुन्थान, बल्थली, बेथानचोक, साँखु, दाप्चा, मानेगाउँ, श्यामपाटी, सिमलचौर,तीनधारे साथै इटहरी वितरण केन्द्रबाट मर्मतकालागि हलगडा, तरहरा, संगीतचोक लगायत प्रभावित रहने छन् । रुखका हाँगा र झाडी काट्न धनकुटा वितरण केन्द्रबाट वितरित लाइन अवरुद्ध हुने प्राधिकरणले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका...

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...