Texas College
YouTube Link

आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राइयाथलन पोखरामा हुने

Facebook Link

पोखरा: ट्राईयाथलन र पाराग्लाईडिङ्गका कारण गण्डक प्रदेश पनि आठौ राष्ट्रिय खेलकुदको आयोजकमा गरिने भएको छ । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगतको ट्राईयाथलन र पराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा आयोजना हुने भए पश्चात गण्डक प्रदेश पनि आठौं आयोजनाको भागिदार भएका हो ।

पूर्वाञ्चलमा आयोजना भएको सातौ प्रतियोगिताको अन्तिम दिन आठौं राष्ट्रि खेलकुद आयोजना हुने स्थलको रुपमा तात्कालिन पश्चिमाञ्चल क्षेत्रले दावेदारी प्रस्तुत गरेता पनि अन्तमा मध्य–पश्चिमाञ्चलले प्रतियोगिता आयोजना गर्ने अवसर प्राप्त गरेको थियो । पूर्वाधारका अभावका कारण आठौं अन्तरगतको प्याराग्लाईडिङ्ग प्रतियोगिता पोखरामा हुने भएकोमा ट्राईयाथलन पनि पोखरामानै आयोजना हुने भए पश्चात आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको दुई खेल पोखराले आयोजना गर्ने सौभाग्य प्राप्त गरेको हो ।

नेपालगञ्जमा हुने भनिएको ट्रायथोलन पोखरामा सारिएको जानकारी नेपाल ट्रायथोलन संघका अध्यक्ष निलेन्द्रराज श्रेष्ठले जानकारी दिएका हुन । प्रतियोगिता यहि चैत ३० गते हुने भएको छ । नेपालगञ्जमा हुन नसकेपछि काठमाण्डौमा गर्ने भनिए पनि पूर्वाधारको अभावले पोखरा नै उत्कृष्ट स्थलको रुपमा चयन गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

संघले हरेक वर्ष आयोजना गर्दै आईरहेको एशियन ट्रायथोलन च्याम्यिनशिपलाई अन्तर्राष्ट्रिय ट्रायथोलन महासंघले मान्यता प्रदान गरेकोले अब उक्त प्रतियोगिता एशिया कपको रुपमा संचालन हुने बताए । अप्रिल २७ अर्थात २०७६ बैशाख १४ गते दक्षिण एशियामा नै पहिलो पटक ट्रायथोलनको एशिया कप पोखरामा आयोजना हुनेछ ।

पोखरामा एशिया कप सहित साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप सहित दुई वटा इभेन्टहरु संगै संचालन हुनेछन । साउथ एशियन ट्राईयाथलन च्याम्पियनशिप भने सातौं पटक हो । एशिया कपका लागि एशिया बाट मात्रै नभई विश्वभरिका ट्राईयाथलन खेलाडी पोखरा आउने अध्यक्ष श्रेष्ठले बताए । चैत ३० गते हुने राष्ट्रिय खेलकुद बाट समेत उक्त प्रतियोगिताका लागि नेपाली खेलाडीको छनौट गरिने छ ।

प्रतियोगितामा ट्राइयाथलन, दुआथलन र मिक्स टिम रिले गरि तिन वटा इभेन्टहरु हरु हुने अध्यक्ष श्रेष्ठले बताए । जसमा ट्राईयाथलन अन्तरगत स्प्रिन्टमा साइक्लिङ २० किलोमिटर, स्विमिङ ७५० मिटर ५ किलोमिटरको दौड हुनेछ भने दुआथोलन स्प्रिन्टमा ५ कि.मि. दौड, २० किलोमिटर साइक्लिङ, २.५ किलोमिटरको दौड हुनेछ । मिक्स डबल्समा २÷२ जना महिला र २÷२ जना पुरुषको टिमले प्रतिष्पर्धा गर्नेछन । आयोजकले प्रतियोगिताको लागि गौरीघाट देखि मुस्ताङ चोक सम्मको स्थललाई तोकेको छ ।

यहि चैत ३० गते हुने आठौं राष्ट्रिय खेलकुद अन्तरगत कुल ४७ जना खेलाडीको सहभागिता रहनेछ । राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चार प्रदेशका खेलाडीहरुको दर्ता हुनु पर्नेमा समयमानै खेलाडीहरुलो आफ्नो प्रदेशबाट दर्ता नगरेका कारण खुल्ला प्रतिस्पर्धा गराईन लागिएको हो । ट्राइयाथलनमा सोझै खेल्ने अवसर भएकोले पनि खेलाडीको संख्या बढन सक्ने श्रेष्ठले बताएका छन । अहिले सम्म नेपाली सेना बाट १२, शसस्त्रको एपिएफ क्लब बाट १४, प्रदेश ३ बाट ७, गण्डकी प्रदेश बाट ५, प्रदेश ५ बाट ६, प्रदेश ६ बाट १, जाजरकोट बाट १ र रुकुम बाट २ जना खेलाडीको सहभागिता निश्चित भइसकेको छ । जस मध्ये १७ जना महिला खेलाडी रहेका छन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...