कोरोना कहर : काठमाडौ आउने र जाने नगर्न सरकारको आग्रह
वि.सं.२०७७ असोज २१ बुधवार १३:४६
1.2K
shares
काठमाडौं : कोरोना कम हुनुको सट्टा झन बढ्दो मात्रामा छ । कारोना संक्रमण तिव्र भएपछि सरकारले दशैंमा काठमाडौं उपत्यकाबाट बाहिर र बाहिरबाट उपत्यका ओहोर(दोहोर नगरिदिन आग्रह गरेको छ ।
ठूलो संख्यामा काठमाडौंबाट उपत्यका बाहिर ओहोर(दोहोर भएमा त्यसले कारोनाले झन उग्र रुप लिने हुनाले सरकारले यस्तो आग्रह गरेको हो ।
सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले काठमाडौं उपत्यका अझै पनि उच्च जोखिममा रहेकाले यहाँका बासिन्दाले उच्च सतर्कता अपनाउन आग्रह गरेका छन् ।
ज्ञवालीले देशका अरू जिल्लामा कोरोनाको प्रकोप नियन्त्रित हुँदै गएको भए पनि काठमाडौं उपत्यकामा नियन्त्रण उन्मुख नभएकाले निकै उच्च सकर्तता आवश्यक रहेको बताए ।
प्रवक्ता ज्ञवालीले ४० लाख जनसंख्या बसोवास गर्ने उपत्यकामा कोरोनाको फैलावट अनियन्त्रित भएमा अति नै कठिन अवस्था आउनेप्रति सबैले संवेदनशील भई दिन आग्रह गरे ।
कोरोनाको जोखिम उच्च रहेको र त्यसमा ज्येष्ठ नागरिक अझ बढी जोखिममा रहेको भन्दै आफूभन्दा ठूलाबाट दशैँमा लिइने आशिष अर्को वर्षका लागि साँचेर राख्न आग्रह गरिएको हो ।
आज मन्त्रिपरिषद्का निणर्यहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले महामारीका बेला ज्येष्ठ नागरिकको स्वास्थ्य अवस्था ख्याल गर्दै टाढाबाट नै आशीर्वाद लिन र प्रत्यक्ष नभेटेर नै दशैं मनाउन आग्रह गरेका छन् ।
वि.सं.२०७७ असोज २१ बुधवार १३:४६




















