ग्लोबल आइएमई लघुवित्तले स्पर्श लघुवित्तलाई प्राप्ति गर्ने
वि.सं.२०७७ असोज २१ बुधवार १३:०३
1.6K
shares
काठमाडौं: ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको असोज २० गते बसेको सञ्चालक समितिको ११८ औँ वैठकले गण्डकी प्रदेश, कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं.२६ विजयपुरमा केन्द्रिय कार्यालय रहेको स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति (एक्विजिसन) गर्ने निर्णय गरेको हो ।
ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको अख्तियार प्राप्त अध्यक्ष बुद्धि अकेला र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडका अख्तियार प्राप्त अध्यक्ष प्रा.डा.सुशिल भक्त माथेमा विच प्राप्ती सम्वन्धि सहमति पत्रमा असोज २० गते अपरान्ह ६.३० वजे हस्ताक्षर भएको छ ।
स्पर्श लघुवित्त वित्तीय संस्था लि. प्राप्ती गर्दा संस्थाको वित्तीय पक्ष र समग्र व्यवसाय राम्रो हुन गै व्यवसाय कारोवार वृद्धि गर्न सकिने , ग्राहकहरुलाई प्रदान गर्ने सेवा, सुविधा तथा सहुलियतमा समेत अभिवृद्धि गरी व्यापक पहुँचका साथ स्तरिय वित्तीय सेवा प्रदान गर्न थप पुँजीकोष वृद्धि भै संस्थालाई एक सबल र सशक्त संस्था बनाउन सकिने ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाले विश्वास लिएको छ ।
वि.सं.२०७७ असोज २१ बुधवार १३:०३



















