YouTube Link

नबिल बैंककाे अध्यक्ष पदमा उपेन्द्र पौड्याल नियुक्त

Facebook Link

काठमाडौं:  नबिल बैंककाे अध्यक्ष पदमा उपेन्द्र पौड्याल नियुक्त हुनु भएकाे छ । बैंककाे मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंकर तथा समाज सेवी उपेन्द्र पौड्याललाई नयाँ अध्यक्षमा नियुक्त गरेको हाे ।

पछिल्लो समय एसिया प्यासिफिकको ग्लोबल अलाइन्स फर बैंकिङ अन भ्यालुको नेपालस्थित क्षेत्रीय प्रतिनिधि पौड्याल २०७४ मंसिर १५ गते सञ्चालकको रूपमा नबिल बैंक प्रवेश गर्नु भएकाे थियाे । बैंक प्रवेश गरेकाे करिब तिन वर्षमा पौड्याल अध्यक्ष नियुक्त हुनु भएकाे हाे ।

बैंककाे सर्वसाधारण लगानीकर्ताको तर्फबाट सञ्चालकको जिम्मेवारीमा रहेका शम्भुप्रसाद पौड्याल र दयाराम गोपाल अग्रवालको ४ वर्षे कार्यकाल यही असोज १७ गते सकिएको छ ।

नेपाल राष्ट्र बैंकबाट आफ्नो बैंकिङ करिअर शुरु गरेका शम्भुप्रसाद पौड्याल सर्वसाधारण शेयरधनी तर्फबाट २०४२ माघ २७ गते सञ्चालकको रूपमा नबिल बैंकमा प्रवेश गरेका थिए  ।२०७२ बैंशाख २० गते बैंकको अध्यक्षको जिम्मेवारीमा आएका पौड्यालले बैंकको क्षेत्र विकासमा पुर्याएको योगदान र उनको नेतृत्वमा बैंकले हासिल गरेको प्रगति उल्लेखनीय रहेको छ ।

यसैगरी, दयाराम गोपाल अग्रवाल २०५१ भदौ १५ गते सर्वसाधारण शेयरधनीकातर्फबाट सञ्चालक नियुक्त भएका थिए । अग्रवाल करिब २६ वर्षभन्दा बढी बैंकको सञ्चालक रहरहेका थिए ।

सन् १९८६ बाट उपेन्द्र पौड्यालले स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) बाट बैंकिङ करिअर शुरु गर्नुभएको थियो । त्यहा १४ वर्ष जिम्मेवारी सम्हालेपछि एनएम बीफाइनान्समा पुगेका थिए । उनले एनएमबी बैंक लिमिटेडमा १७ वर्ष अनवरत सेवा गर्दै बैंककाे संस्थापक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी संहाल्नु भएकाे थियाे ।

होटलबाट व्यावसायिक करिअर शुरु गरेका पौड्यालले सोल्टी होटलमा करिब ६ वर्ष काम गरे ।त्यसपछि स्टयान्डर्ड चार्टर्ड (तत्कालीन नेपाल ग्रिनल्यान्ड बैंक) बाट बैंकिङ करिअर शुरु गरेका पौड्यालले १४ वर्ष ग्रिनल्यान्ड बैंक, १७ वर्ष एनएमबी र ३ वर्ष नबिल बैंक सहित तीनदशक भन्दा बढी (३४ वर्ष) बैंकिङ क्षेत्रको अनुभव हासिल गर्नु भएकाे छ ।

पौड्याल सन् २०१४ देखि २०१६ सम्म नेपाल बैंकर्स संघको अध्यक्ष समेत रहनु भएकाे थियाे । पौड्याल समाज सेवाका विभिन्न क्षेत्रमा समेत संलग्न हुँदै आइरहनु भएकाे छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

५५ ब्रान्ड र ४० नयाँ मोडलको सवारी सधानको प्रदर्शनीसहित नाइमा एक्स्पो सुरू

वि.सं.२०८३ साउन २६ मंगलवार १०:४९

काठमाडौं: नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को आयोजनामा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...