मन्दिरको मूर्ति चोरी कार्यमा संलग्न रहेको अभियोगमा पक्राउ
वि.सं.२०७७ असोज २० मंगलवार १५:३०
1.5K
shares
जुम्ला: चन्दननाथ नगरपालिका-५ स्थित चन्दननाथ मन्दिरको मूर्ति चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा ३ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा सोही नगरपालिका-१० वस्ने ३२ वर्षीय सुशिल विष्ट, सोही ठाउँ बस्ने तातोपानी गाउँपालिका-८ घर भएका २८ वर्षीय जयलाल थापा र चन्दननाथ नगरपालिका-१० बस्ने २३ वर्षीय सुदिप रावल रहेका छन् ।
बिषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत र जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले चन्दननाथ-१० बोहोरा गाउँ स्थित सुशिल विष्टको जग्गाको खादामा बेरी राखेको अवस्थामा २०७३ मंसिर ११ गते चोरी भएका चाँदी जस्तो देखिने धातुका २ थान मूर्ति फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरु उपर जिल्ला अदालत जुम्लाबाट म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
वि.सं.२०७७ असोज २० मंगलवार १५:३०




















