YouTube Link

विभिन्न स्थानमा हातहतियार सहित पक्राउ   

Facebook Link

काठमाडौं: रुकुम (पूर्व), सिस्ने गाउँपालिका-६ रानीकोट बस्ने ६८ वर्षीय भरत शाहीलाई १ थान भरुवा बन्दुक सहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त हतियार सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

त्यस्तै रुपन्देही, लुम्बिनी सांस्कृतिक नगरपालिका-९ बस्ने २१ वर्षीय राजकुमार हरिजन र मायादेवी-४ बस्ने ३९ वर्षीय सदानन्द सहानीलाई १ थान कटुवा पेस्तोल सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया  किशोरीले बिबाह गर्दिन भने पश्चात राजकुमारले किशोरीको दाइलाई पेस्तोल ताकेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले राजकुमारलाई उनकै घरबाट पक्राउ गरेको हो । खोजी गर्ने क्रममा सदानन्दको पसलभित्र लुकाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी सदानन्दलाई समेत पक्राउ गरेको हो ।

पाल्पा, माथागढी गाउँपालिका-५ सुर्काबासबाट १ थान भरुवा बन्दुक सोमबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी माथाबाट खटिएको प्रहरीलाई देख्नासाथ शंकास्पद रुपमा हिँडिरहेका अपरिचित व्यक्तिहरुले उक्त हतियार झाडीमा फाली फरार भए पश्चात उक्त हतियार फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

स्वरुप परिवर्तन गरी अशान्ति मच्चाउने ४ सय ५ बुलेटलगायतका मोटरसाइकल नियन्त्रणमा लिई कारबाही

वि.सं.२०८३ मंसिर १ मंगलवार १४:१०

काठमाडौं: स्वरुप परिवर्तन गरेर सडक र समाजलाई अशान्त पार्ने बुलेटलगायतका...

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका...

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...