Texas College
YouTube Link

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा सनराइजर्स हैदरावाद ४० रनले पराजित

Facebook Link

काठमाडौं: मुम्बई इण्डियन्सले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा तेस्रो जित निकालेको छ । शनिबार भएको खेलमा सनराइजर्स हैदरावादलाई ४० रनले पराजित गर्दै मुम्बईले तेस्रो जित निकालेको हो ।

राजिब गान्धी क्रिकेट स्टेडियममा मुम्बईले दिएको एक सय ३७ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको हैदरावाद १७ ओभर ४ बलमा अलआउट हुँदै ९६ रनमा समेटियो । मुम्बईका बलर चम्किदा हैदरावादका लागि दिपक होडाले सर्वाधिक २० रन जोडे । यस्तै जोनी बैयर्सट्रो र मनिस पाण्डेले समान १६/१६ रन जोड्दा डेभिड वार्नरले १५ रन बनाए । हैदरावादलाई सस्तैमा समेट्न आईपीएलका डेब्यु खेलाडी अल्जारी साहीम जोसेफ एक्लैले ६ विकेट लिए ।

कीर्तिमानी प्रदर्शन गरेका जोसेफले ३ ओभर ४ बलमा एक मेडनसहित मात्र १२ खर्चिएर ६ विकेट लिए । जोसेफको यो बलिङ प्रदर्शन आईपीएल इतिहासकै सर्वाधिक किफायती बलिङ हो । यसअघि सन् २००८ मा सोहिल तानबिरले १४ रन खर्चिएर ६ विकेट लिएको बलिङ फिगर किफायती रहेको थियो । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले २० ओभरमा ७ विकेट गुमाएर एक सय ३६ रन बनाएको थियो । मुम्बईका लागि केइरन पोलार्डले अविजित ४६ रन बनाए ।

यस्तै क्विन्टन डी ककले १९ रन जोड्दा इशान किशनले १७ तथा हार्दिक पाण्डयले १४ रन बनाए । कप्तान रोहित शर्मा ११ रनमा आउट भए । जितसंगै मुम्बईले ५ खेलबाट ६ अंक जोडेको छ । र, मुम्बई लिगको चौंथो स्थानमा छ । पराजित हैदरावाद ६ अंक जोडेर दोस्रो स्थानमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

दक्षिण अफ्रिका र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल आज

वि.सं.२०८२ फागुन २० बुधवार १४:३०

काठमाडौं: आईसीसी टी-२० विश्वकप अन्तर्गत सेमिफाइनलको पहिलो खेलमा आज दक्षिण...

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

‘साम्बा’द्वारा उपचारका लागि सहयोग आह्वान

वि.सं.२०८२ फागुन ११ सोमवार १६:१४

काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा)...