Texas College
YouTube Link

सिद्धार्थ बैंककाे आजदेखि ऋणपत्र विक्री खुला

Facebook Link

काठमाडौं:  सिद्धार्थ बैंक लिमिटेडले सात वर्षे अवधिको ऋणपत्र असोज १६ गते आजदेखि विक्री खुला गरेको छ ।

बैंकले वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदरको रू. ३ अर्ब बराबरको ३० लाख कित्ता ऋणपत्र विक्री खुला गरेको हो ।यो ऋणपत्र विक्री प्रबन्धकको जिम्वेवारी एनएमबि क्यापिटलले पुरा गर्नेछ ।

कुल कित्तामध्य सर्वसाधारणका लागि रू. १ अर्ब २० करोड बराबरको विक्री गर्नेछ भने बाँकी रू. १ अर्ब ८० करोड बराबरको ऋणपत्र बैंक आफैले परिपत्र विधिबाट विक्री गर्नेछ ।

सिद्धार्थ बैंकको यो ऋणपत्रलाई इक्रा नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने क्षमताको संकेत गर्ने इक्रा एनपी आईआर ए माइनस एटदरेट रेटिङ प्रदान गरेको छ ।

ऋणपत्र खरिदका लागि लगानीकर्ताहरुले न्यूनतम २५ कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् ।यो ऋणपत्र खरिद गर्नेले तोकिएको वार्षिक ८ दशमलव ५ प्रतिशत ब्याजदर अर्धवार्षिक रुपमा प्राप्त गर्नेछन् ।

धितोपत्र दोस्रो बजारमा पनि यो ऋणपत्र सूचीकृत हुने हुदाँ खरिद विक्री समेत गर्न सकिने व्यवस्था छ ।यो ऋणपत्र छिटोमा असोज २० र ढिलोमा असोज ३० गतेसम्म विक्रीमा रहनेछ ।

यो ऋणपत्र खरिदका लागि विक्री प्रबन्धकसँगै आस्वा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यो ऋणपत्र विक्री गर्न बैंकले नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट असोज १ गते स्वीकृति पाएको हो । वाणिज्य बैंकहरुले आफ्नो चुक्तापूँजीको २५ प्रतिशत ऋणपत्र अनिवार्य विक्री गर्नुपर्ने व्यवस्था बमोजिम सिद्धार्थ बैंकले यो ऋणपत्र विक्री खुल्ला गरेको हो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...