YouTube Link

समयमै सुत्केरी भत्ता वितरण नहुँदा बच्चा जन्माउनका लागि स्वास्थ्य संस्थामा पुग्ने आमाहरु रुष्ट

World Cup 2026
Facebook Link

काठमाडौं: स्वास्थ्य संस्थाहरु स्थानीय तहमा हस्तान्तरण भएपछि स्वास्थ्य क्षेत्रमा विभिन्न खालका समस्याहरु देखा पर्न थालेका छन् । औषधि अभावदेखि लिएर सुत्केरी भत्ता वितरण समेत समयमा हुन सकेको छैन । समयमै सुत्केरी भत्ता वितरण नहुँदा बच्चा जन्माउनका लागि स्वास्थ्य संस्थामा पुग्ने आमाहरु रुष्ट बन्न थालेका छन् ।

जिल्लाका दशओटै स्थानीय तहहरुले समयमै सुत्केरी भत्ता वितरण गर्न सकेका छैनन् । केही तहले मंसिरसम्मको सुत्केरी भत्ता वितरण गरेको भएपनि केहीले भने गत साउनदेखिको सुत्केरी भत्ता वितरण गर्न सकेका छैनन् । संस्थागत सुत्केरीको संख्यामा वृद्धि ल्याउने, मातृ तथा शिशु मृत्युदरलाई शुन्यमा झार्ने लक्ष्य सहित सञ्चालनमा रहेको आमा सुरक्षा कार्यक्रम अन्तर्गतको सुत्केरी भत्ता समयमा नपाउँदा आमाहरु समेत निराश हुन थालेका छन् ।

स्वास्थ्य संस्थामा बच्चा जन्माएपछि आमाले घर फर्कने बेलामा हातमा सुत्केरी भत्ता दिने सरकारको नीति छ । समयमै बजेट निकासा नहुँदा र बजेट कम निकासा हुँदा स्वास्थ्य संस्थाहरुले सुत्केरी भत्ता वितरण गर्न सकेका छैनन् । समयमै भत्ता नपाउँदा सेवाग्राहीहरुले विभिन्न गुनासो गर्ने गरेका छन् । देश संघीयतामा गएपछि स्वास्थ्य संस्थाहरु स्थानीय सरकार मातहत छन् । केन्द्रले सशर्त बजेटको रुपमा निकासा गर्ने सुत्केरी भत्ता समयमा निकासा नगर्दा समस्या भएको स्थानीय तहहरुले स्वास्थ्य संस्था र अस्पतालहरुलाई बताउने गरेका छन् ।

स्वास्थ्य सेवामा पहुँच पुर्याउने, यातायात खर्चकै अभावमा घरमा बच्चा जन्माउँदा हुन सक्ने जोखिमलाई कम गर्ने, संस्थागत सुत्केरीको संख्या बढाई मातृ शिशु मृत्युदरलाई घटाउने पवित्र लक्ष्यका साथ सरकारले सुत्केरी भत्ता दिदै आएको छ । पछिल्लो एक बर्ष यता सुत्केरी भत्ता वितरणमा ढिलाई हुँदा सेवाग्राही असन्तुष्ट बनेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...