राष्ट्रिय वाणिज्य बैंक र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहकार्य
वि.सं.२०७७ असोज १४ बुधवार १७:१७
1.6K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले हस्ताक्षर गर्नुभएको छ ।
उक्त सम्झौता पछि नेपाल घरेलु तथा साना उद्योग महासंघमा आवद्ध रहेका उद्यमीहरुलाई महासंघले परामर्श र उद्यमशीलता सम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने र सिफारिस गरिएका उद्यमीहरुलाई बैंकले नियमानुसार कर्जा लगानी गर्ने जनाएको छ ।
उक्त सम्झौता पश्चात देशमा उद्यमशीलताको प्रशस्त विकास भई सरकारको नीति तथा कार्यक्रमको कार्यन्वयनमा थप सघाउ पुगी रोजगारी सिर्जना हुने साथै बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २४१ वटै शाखा कार्यालयहबाट यो कर्जा लिन सकिने बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बताउनु भयो ।
बैंकसँगको यो सहकार्यले घरेलु तथा साना उद्यमीहरुको वित्तीय पहुँचमा थप सघाउ पुग्ने छ । महासंघमा हाल ३५ हजार उद्यमी साधारण सदस्य रहेको र महासंघको सिफारिस बमोजिम लगानी भएको कर्जामा संस्थागत जमानत समेत रहने हुँदा कर्जा असुलीमा महासंघको पनि नैतिक दायित्व रहने महासंघका कार्यवाहक अध्यक्ष सिंहले बताउनु भयो ।
वि.सं.२०७७ असोज १४ बुधवार १७:१७




















