बैंक अफ काठमाण्डूको संस्थापक शेयर प्रारम्भिक बाँडफाँट
वि.सं.२०७७ असोज १४ बुधवार १६:५०
1.4K
shares
काठमाडौं: बैंक अफ काठमाण्डू लिमिटेडको लिलामी प्रकृयाबाट विक्री गरेको संस्थापक शेयर असोज १३ गते प्रारम्भिक बाँडफाँट गरेको छ । बैंकले भदौ ३० देखि असोज ४ गते संस्थापक समूह तर्फको ३ लाख १६ हजार १५६ कित्ता शेयर लिलामी प्रकृयाबाट विक्री गरेको थियो ।
बैंक अफ काठमाडौंको संस्थापक शेयरको न्यूनतम मूल्य रू. १४० तोकिएको थियो । प्रारम्भिक बाँडफाँटमा परेका आवेदकहरुको बैंक अफ काठमाडौंको स्वीकृति पश्चात मात्र अन्तिम बाँडफाँट भई खरिद विक्रीको कार्य अघि बढाईने विक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ ।
साथै प्रारम्भिक बाँडफाँटमा नपरेको शेयर वापतको रकम असोज १४ गतेदेखि आईपीएस मार्फत आवेदकहरुले उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खातामा रकमान्तर गरिने विक्री प्रबन्धकले जानकारी दिएको छ ।
वि.सं.२०७७ असोज १४ बुधवार १६:५०



















