YouTube Link

१५औं पञ्चवर्षिय योजनाको अधारपत्रको मस्यौदामा दर्घकालिन सोच सन् एक्काईस सय र राष्ट्रिय सोच सम्वृद्ध नेपाल सुखी नेपालीको तय

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रिय विकास परिषद् बैठकमा छलफल तथा पारितका लागि राष्ट्रिय योजना आयोगले प्रस्तुत गरेको १५ औ पञ्चवर्षिय योजनाको अधारपत्रको मस्यौदामा दर्घकालिन सोच सन २१ सय र राष्ट्रिय सोच सम्वृद्ध नेपाल सुखी नेपालीको तय गरिएको छ ।

समृद्धिका ४ वटा र सुखका ६ वटा लक्ष्य तय गरिएको अधारपत्रमा सम्वृद्ध नेपाल, सुखी नेपालीको मार्गचित्रलाई पन्ध्रौ, सोर्हौं र सत्रौं पञ्च वर्षिय योजनाले क्रमश तीनचरणमा समेट्ने उल्लेख छ । २५ वर्षे दिर्घकालिन सोचको पहिलो चरणमा सम्वृद्धि र सुखको सृजना, दोस्रो चरणको १० वर्षमा सम्वृद्धि र सुखको तीव्रता तथा दिगो विकास लक्ष्यको प्राप्ति र अन्तिमको १० वर्षमा सम्वृद्धि र सुखको दिगोपना भन्ने नारा तय गरिएको छ ।

त्यस्तै १५ औ योजनामा १० दशमलव १ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य तय भएको छ भने निजि सार्वजनिक र सहकारी गरी ८७ खर्व ४३ अर्व लगानी गर्ने तय भएको छ । त्यसैको आधारमा १६ औ योजनामा ११ दशमलव ९ प्रतिश १७ औ योजनामा ११ दशलव ८ प्रतिशत १८ औ योजनामा १० दशमल ८ प्रतिशत र १९ औ योजनामा १० दशलव ३ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य दिर्घकालिन सोचमा तय गरिएको छ ।

१९ योजनाको समाप्ति सम्ममा प्रतिव्यक्ती आम्दानी १२ हजार ५ सय २४ कायम गर्ने लक्ष्य तय गरिएको छ भने कुल गार्हस्थ उत्पादनमा कृषिको योगदानलाई ९ दशमलव ६ प्रतिशतमा झार्ने, उद्योग क्षेत्रको योगदानलाई ३१ दशमलव ४ प्रतिशतमा पुर्याउने र सेवा क्षेत्रको योगदानलाई ५९ प्रतिशत कायम गर्ने दिर्घकालिन सोच आधारपत्रको मस्यौदामा उल्लेख छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...