कारबाओ कपमा चेल्सीलाई हराउँदै टोटनहम क्वार्टरफाईनलमा
वि.सं.२०७७ असोज १४ बुधवार ०९:३७
1.6K
shares
एजेन्सीः कारबाओ कपमा टोटनहमले चेल्सीलाई हराउँदै क्वार्टरफाईनलमा स्थान बनाएको छ ।
घरेलु मैदानमा भएको खेलमा टोटनहमले चेल्सीलाई निर्धारित समयको खेलमा १–१ को बराबरीमा टुङ्गिएपछि पेनल्टी शुटआउटमा हराउँदै क्वार्टरफाईनलमा प्रवेश गरेको हो ।
निर्धारित समयको खेलको पहिलो हाफमा चेल्सीले आफ्नो पक्षमा पारेको थियो । उसको लागि टिमो वेर्नरले १९औं मिनटमा क्लबको लागि पहिलो गोल गरे ।
तर दोश्रो हाफमा टोटनहमले खेलमा फर्कदै खेलको ८३औं मिनटमा एरिक लामेलाको गोलबाट बराबरी गर्यो ।
यसपश्चात अतिरिक्त समयको खेल नभई सिधै पेनल्टी शुटआउटबाट खेलको निर्णय गरिएको थियो ।
वि.सं.२०७७ असोज १४ बुधवार ०९:३७



















