YouTube Link

आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सद्वारा चेन्नई सुपर किङ्गस ३७ रनले पराजित

World Cup 2026
Facebook Link

काठमाडौं: साबिकको बिजेता चेन्नई सुपर किङ्गसले भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पहिलो हार व्यहोरेको छ । बुधबार भएको खेलमा मुम्बई इण्डियन्ससँग ३७ रनले पराजित हुँदै चेन्नईले सिजनको पहिलो हार व्यहोरेको हो ।

हारसंगै लिगमा चेन्नईको अपराजित यात्रामा समेत पुर्णविराम लागेको छ । चेन्नईले अघिल्ला तीन खेलमा लगातार जित निकालेको थियो । मुम्बईस्थित वान्खाडे क्रिकेट स्टेडियममा मुम्बईले दिएको एक सय ७१ रनको लक्ष्य पछाएको चेन्नईले पुरै २० ओभर खेल्दै ८ विकेट गुमाएर एक सय ३३ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि केदार जादबले अर्धशतकीय इनिङ्स खेल्दै ५८ रन बनाएपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सुरेश रैनाले १६ तथा कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाए । शार्दुल ठाकुर १२ रन मै अविजित रहे । मुम्बईका लाथिस मालिंगा र हार्दिक पाण्डयले ३/३ विकेट लिए । जासन बेन्ड्रोफले २ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर एक सय ७० रन बनाएको थियो । मुम्बईका लागि सुर्य कुमार यादवले ५९ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै कुर्नल पाण्डयले ४२ रन जोड्दा हार्दिक पाण्डयले अविजित २५ रन बनाए । जितसँगै मुम्बईले ४ खेलबाट ४ अंक जोडेको छ । मुम्बई छैटौं स्थानमा रहेको छ । पहिलो हार व्यहोरेको चेन्नईको भने ४ खेलबाट ६ अंक रहेको छ । चेन्नई दोस्रो स्थानमा रहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...