YouTube Link

एशियाली क्लबहरुको प्रतिष्ठित प्रतियोगिता एएफसी कप आजबाट सुरु

World Cup 2026
Facebook Link

काठमाडौं: आजबाट सुरु हुने एएफसी कप अन्तरगत को पहिलो खेलमा नेपालको शिर्ष डिभिजन लिग विजेता मनाङ मर्स्याङदीले बंगलादेशी क्लब अबहानी लिमिटेडसँग खेल्दैछ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आपरान्ह ३ बजेपछि मनाङ र अबहानीबीचको खेल हुनेछ । घरेलु मैदानको प्रत्यक्ष फाइदा उठाउँदै मनाङ आजको खेलमा जित हातपार्ने दाउमा छ । उत्कृष्ट प्रदर्शन सहित लिग जितेको मनाङको टिम थप सुधारिएको मनाङका प्रशिक्षक छिरिङ लोप्साङले बताए ।

मनाङको स्ट्राईक, मिडफिल्ड र डिफेन्स तीनै पक्ष अब्बल रहेको कारण घरेलु मैदानमा त्यसको फाईदा उठाउने प्रशिक्षक छिरिङले बताए । यस्तै कप्तान बिराज महर्जनले पनि खेलका लागि शारीरिक र मनोबैज्ञानीक सबै पक्षमा उब्बल रहेका कारण जित हुनेमा ढुक्क हुने बताए ।

यता अबहानीका प्रशिक्षक मारियो लिसिनोले पनि घरेलु मैदानमा मनाङसँग ३ अंक खोस्ने योजना सुनाएका छन् । नेपालको मैदान, यहाँको खेल र मनाङका खेलाडीहरुको अध्ययन गरेर जित्ने मिसनको साथ नेपाल आएको उनले बताए । भारतको चेन्नाई, मिनरोभा पञ्जाब र बंगलादेशको अबहानी लिमिटेडसँगै एएफसि कपको समुह इ मा रहेको नेपालको मनाङले पहिलो खेलमा अवहानीसँग खेल्न लागेको हो ।

मनाङले अवहानी सँगको दोस्रो खेल जुन १९ मा बंगलादेशको ढाकामा खेल्ने छ । होम एण्ड अवेको आधारमा हुने प्रतियोगिताको विजेता टोलीले इन्टर जोन प्ले अफको सेमिफाइनलमा स्थान बनाउने छन् । आजै हुने अर्को खेलमा भारतको आईएसएल विजेता चेन्नईन एएफसीले भारतकै आई लिग विजेता मिनरवा पञ्जावसँग प्रतिष्पर्धा गर्नेछ । यी दुईबीचको खेल अहमदावादमा राती साँढे सात बजे खेलिनेछ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

आइपीएलको उपाधिका लागि आरसीबी र गुजरात भिड्दै

वि.सं.२०८३ जेठ १७ आइतवार १०:५२

काठमाडौं: इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को फाइनल खेल आज...