YouTube Link

इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा राजस्थान रोयल्सको पहिलो जित दर्ता

Facebook Link

काठमाडौं: इन्डियन प्रिमियर लिग(आईपीएल) मा राजस्थान रोयल्सले पहिलो जित निकालेको छ । मंगलबार राती सम्पन्न १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै राजस्थानले महत्वपूर्ण २ अंक जोड्दै खाता खोलेको छ । बेंगलोर भने लगातार चौथो खेलमा पराजित भएको छ । यो सँगै बेंगलोरको अघिल्लो चरण कठिन बन्न थालेको छ । १ सय ५९ रनको मध्यम विजयी लक्ष्य पछ्याएको राजस्थानले १ बल अगाडी ३ विकेटको क्षतिमा पुरा गर्यो ।

राजस्थानको सहज जितमा ओपनर बटलरले ४३ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५९ रनको योगदान दिए । अन्तिम ओभरको पाँचौ बलमा छक्का हान्दै खेल जिताएका राहुल त्रिपाठी २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा अविजित रहे ।

टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाएको थियो । ओपनर पार्थिव पटेलले ४१ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६७ रन जोडे । पटेललाई १८ ओभरको दोस्रो बलमा जोफ्रा आर्चरले कप्तान अजिंक्या रहाणेबाट क्याच आउट गराए ।

विराट कोहलीले २५ बलमा ३ चौका सहित २३, एबी डि भिलियर्स १३ रनमा आउट हुँदा मार्कस स्टोइनिस ३१ र मोइन अलीले १८ रनमा नट आउट रहे । ओपनर कोहलीलाई सातौं ओभरको तेस्रो बलमा श्रेयस गोपालले बोल्ड आउट गरे । गोपलले नवौं ओभरको तेस्रो बलमा डी भिलीयर्सलाई आफैं उत्कृष्ट क्याच लिदैं पेभिलिएनको बाटो फर्काए ।

बेंगलोरले आफ्नो पाँचौ खेल आगमी ५ अप्रिलमा कोलकता नाइट राइडसँग खेल्ने छ । राजस्थानले पनि ७ मार्चमा कोलकताको सामना गर्ने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...