विद्युत प्राधिकारणको गाडी खोलाले बगाउँदा एकको जनाको मृत्यु, दुई जना बेपता
वि.सं.२०७७ असोज ८ बिहीवार ११:०८
2.1K
shares
कपिलबस्तु: जिल्लाको बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडकखण्डको मोतिपुरस्थित कोइली खोलामा नेपाल विद्युत प्राधिकरणको गाडी खोलामा खसेको छ ।
बाणगंगा नगरपालिका-९ भलवाडमा बिद्युत बनाएर फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप खोलाले बगाएको थियो । मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको शसस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए ।
उनका अनुसार गाडीमा सवार ६ जना मध्ये ३ जनालाई सकुशल उद्धार गरिएको छ भने ३ जना मध्ये १ को शव भेटिएको र २ जना अझै बेपत्ता रहेको उनले बताए ।
मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घासका गाडी चालक माधव पाण्डे रहेको शसस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । उक्त घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजी कार्य जारी रहेको छ ।
वि.सं.२०७७ असोज ८ बिहीवार ११:०८



















