प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाइटेड पराजित
वि.सं.२०७७ असोज ४ आइतवार ०९:०१
1.8K
shares
एजेन्सीः प्रिमियर लिग फुटबलमा क्रिस्टल प्यालेसले म्यान्चेस्टर युनाइटेडलाई पराजित गरेको छ ।
गएराति भएको खेलमा क्रिस्टलले युनाइटेडलाई ३–१ ले पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकालेको हो ।
क्रिस्टलको जितमा वेल्फ्रेड जहाले २ र एन्ड्रोस टाउन्सेन्टले १ गोल गरे ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा सातौं मिनेटमा टाउनसेन्टले गोल गर्दै क्रिस्टलाई अगाडि बढाए । ७४ औं मिनेटमा भिक्टर ल्याण्डीलोफले डिबक्समा ह्याण्ड गरेपछि क्रिस्टलले पेनाल्टीको अवसर पायो ।
क्रिस्टलका जोर्डन एयुले प्रहार गरेको पेनाल्टी गोलरक्षक डि गेयाले बचाए पनि भिएआरको सहायताले रेफ्रिले पुनः क्रिस्टललाई पेनाल्टीको अवसर दियो ।
दोस्रो पटकको प्रयासमा जहाले क्रिस्टलका लागि दोस्रो गोल गरे ।
८० औं मिनेटमा डोनी भान डे विकले गोल गर्दै खेल २–१ को अवस्थामा ल्याए । खेलको ८१ औं मिनेटमा युनाइटेडका दुई डिफेन्डरलाई बिट गर्दै गोल थपेपछि क्रिस्टलले ३–१ को जित शुनिश्चीत गर्यो ।
यो क्रिस्टलको लगातार दोस्रो जित हो । क्रिस्टलले यसअघि पहिलो खेलमा साउथह्याम्टनलाई पराजित गरेको थियो ।
वि.सं.२०७७ असोज ४ आइतवार ०९:०१




















