YouTube Link

नेपाल बैंकलेद्वारा असोज १९ गते विशेष साधारणसभा आह्वान

Facebook Link

काठमाडौं: नेपाल बैंकले लिमिटेडले असोज १९ गते केन्द्रीय कार्यालयमा विशेष साधारणसभा आह्वान गरेको छ । भदौ २५ गते बसेको संचालक समितिको बैठकले बिशेष साधारणसभा बोलाउने निर्णय गरेको हो ।

 

कोरोना महामारीका कारण सिर्जित प्रतिकूल परिस्थितिबीच विशेष साधारणसभा बैंकको प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स (भर्चुअल जुम मिटिङ) मार्फत डोकेको हो। सभामा सहभागी हुन चाहने शेयरधनीहरुलाई जुम आईडी र पासवर्ड उपलब्ध गराउने बैंकले जनाएको छ ।

 

सभामा बैंक सञ्चालक समितिमा सञ्चालकको प्रतिनिधित्व सम्बनधी साविकको व्यवस्थापमा परिवर्तन गरी नेपाल सरकारबाट मनोनीत हुने ४ जना संचालकबाट घटाएर ३ जना कायम गराउने र साधारण सेयरधनीको तर्फबाट निर्वाचित हुने २ जना संचालकबाट बढाइ ३ जना कायम गर्नका लागि प्रवन्धपत्र तथा नियमावली संशोधन गर्ने बिशेष प्रस्ताव राखेको छ ।

 

यसका साथै बैंक तथा वित्तीय संस्थासम्बनधी ऐन, २०७३ बमोजिम हुने गरी बैंकको बन्धपत्र तथा नियमावलीलाई समायानुकूल अद्यावधिक गर्नुपर्ने भएकोले संलग्न तीन महले प्रस्ताव बमोजिम हुने गरी प्रबन्धपत्र तथा नियमावलीका अन्य व्यवस्थामा संशोधन तथा थपघट गर्ने विशेष प्रस्ताव पनि छलफलमा राखिनेछ।

 

यसैगरी सभामा विशेष प्रस्तावका रुपमा बैंकको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदलको सुझाव प्राप्त भएमा सो बमोजिम आवश्यक फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियार प्रदान गर्ने राखिनेछ।

 

विशेष साधारण सभा प्रयोजनार्थ बैंकले असोज ८ गते बुकक्लोज गर्ने भएको छ। जसका कारण असोज ७ गतेसम्म नेप्सेमा कारोबार भई शेयरधनी कायम भएका शेयरधनीले मात्र उक्त सभामा सहभागी हुन पाउने बैंकले जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

चालु आर्थिक वर्षमा सरकारले सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

वि.सं.२०८३ असार ३२ बिहीवार १२:४९

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कुल लक्ष्यको करिव...

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६: ५१ स्टलमा ५५ भन्दा बढी ब्रान्ड र ४० भन्दा बढी नयाँ लन्च हुने

वि.सं.२०८३ असार २६ शुक्रवार १४:०५

काठमाडौं: नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ आगामी ११ देखि १६...

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

पाँच समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता गर्ने तयारी

वि.सं.२०८३ असार २३ मंगलवार १२:३७

काठमाडौं: बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले पाँच समस्याग्रस्त...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...