YouTube Link

अष्ट्रेलियाले जित्यो एकदिवसीय श्रृंखला

Facebook Link

एजेन्सीः अष्ट्रेलियाले तीन खेलको रोयल लण्डन एकदिवसीय श्रृंखला जितेको छ ।

गएराती भएको तेश्रो एकदिवसीय खेलमा पाहुना टोली अष्ट्रेलीयाले ईङ्गल्याण्डमाथि ३ विकेटको जित निकाल्दै श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै अष्ट्रेलीयाले ५ वर्षपछि ईङ्गल्याण्डलाई उसैको घरमा हराउन सफल बनेको हो । अन्तिम पटक अष्ट्रेलियाले २०१५ मा ५ एकदिवसीय खेलको श्रृंखला ३–२ जितेको थियो । यस्तै ईङ्गल्याण्ड ५ बर्ष पछि आफ्नै देशमा एकदिवसीय श्रृंखला हारेको हो ।

ईङ्गल्याण्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले ४९ दशमलव ४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि एलेक्स क्यारी र ग्लेन म्याक्सवेलले शतक बनाए । यो क्यारीको पहिलो अन्तराष्ट्रिय एकदिवसीय शतक हो ।

अष्ट्रेलियालाई जित दिलाउने क्रममा म्याक्सवेलले आफ्नो करीयरको दोस्रो एकदिवसीय शतक पूरा गरे । ९० बलमा १०८ रन बनाएका म्याक्सवेल म्यान अफ द म्याच र म्यान अफ द सीरिज चुनिए ।

ईङ्गल्याण्डका लागि क्रिस वोक्स र जो रुटले समान दुई दुई विकेट लिए भने जोफ्रा आर्चर र आदिल रशीदले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेका ईङ्गल्याण्डले पुरै ५० ओभर ब्याटिङ्ग गर्दै ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

पहिलो २ बलमा दुई विकेट गुमाएर खराव सुरुवात गरेको ईङ्गल्याण्डका ओपनर जोनी बारीस्टोले १ सय १२ रन बनाउदै टिमका लागी सम्मान जनक स्कोर बनाएका थिए । योसंगै उनी ईङ्गल्याण्डका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने चौथो ब्याट्सम्यान बनेका छन् ।

बारिस्टो बाहेक साम विलिङसले ५७ र क्रिस वोक्सले ५३ रनको अर्धशतकिय पारी खेले । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जम्पाले समान तिन तीन विकेट लिए ।

श्रृंखला जित्ने क्रममा अष्ट्रेलियाले पहिलो खेल १९ रनले जितेको थियो भने दोस्रो दोस्रो खेलमा ईङ्गल्याण्डले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...