YouTube Link

अष्ट्रेलियाले जित्यो एकदिवसीय श्रृंखला

Facebook Link

एजेन्सीः अष्ट्रेलियाले तीन खेलको रोयल लण्डन एकदिवसीय श्रृंखला जितेको छ ।

गएराती भएको तेश्रो एकदिवसीय खेलमा पाहुना टोली अष्ट्रेलीयाले ईङ्गल्याण्डमाथि ३ विकेटको जित निकाल्दै श्रृंखला २–१ ले आफ्नो पक्षमा पारेको हो ।

जितसँगै अष्ट्रेलीयाले ५ वर्षपछि ईङ्गल्याण्डलाई उसैको घरमा हराउन सफल बनेको हो । अन्तिम पटक अष्ट्रेलियाले २०१५ मा ५ एकदिवसीय खेलको श्रृंखला ३–२ जितेको थियो । यस्तै ईङ्गल्याण्ड ५ बर्ष पछि आफ्नै देशमा एकदिवसीय श्रृंखला हारेको हो ।

ईङ्गल्याण्डले प्रस्तुत गरेको ३ सय ३ रनको लक्ष्य अस्ट्रेलियाले ४९ दशमलव ४ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो ।

अष्ट्रेलियाका लागि एलेक्स क्यारी र ग्लेन म्याक्सवेलले शतक बनाए । यो क्यारीको पहिलो अन्तराष्ट्रिय एकदिवसीय शतक हो ।

अष्ट्रेलियालाई जित दिलाउने क्रममा म्याक्सवेलले आफ्नो करीयरको दोस्रो एकदिवसीय शतक पूरा गरे । ९० बलमा १०८ रन बनाएका म्याक्सवेल म्यान अफ द म्याच र म्यान अफ द सीरिज चुनिए ।

ईङ्गल्याण्डका लागि क्रिस वोक्स र जो रुटले समान दुई दुई विकेट लिए भने जोफ्रा आर्चर र आदिल रशीदले एक एक विकेट लिए ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेका ईङ्गल्याण्डले पुरै ५० ओभर ब्याटिङ्ग गर्दै ७ विकेट गुमाएर ३ सय २ रन बनाएको थियो ।

पहिलो २ बलमा दुई विकेट गुमाएर खराव सुरुवात गरेको ईङ्गल्याण्डका ओपनर जोनी बारीस्टोले १ सय १२ रन बनाउदै टिमका लागी सम्मान जनक स्कोर बनाएका थिए । योसंगै उनी ईङ्गल्याण्डका लागि एकदिवसीय क्रिकेटमा सर्वाधिक शतक बनाउने चौथो ब्याट्सम्यान बनेका छन् ।

बारिस्टो बाहेक साम विलिङसले ५७ र क्रिस वोक्सले ५३ रनको अर्धशतकिय पारी खेले । अष्ट्रेलियाका लागि मिचेल स्टार्क र एडम जम्पाले समान तिन तीन विकेट लिए ।

श्रृंखला जित्ने क्रममा अष्ट्रेलियाले पहिलो खेल १९ रनले जितेको थियो भने दोस्रो दोस्रो खेलमा ईङ्गल्याण्डले अष्ट्रेलियालाई २४ रनले पराजित गरेको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

बिनिता गुरुङले जितिन् मिसेस नेपाल वर्ल्ड २०२६ को ताज (फोटोफिचर)

वि.सं.२०८३ कात्तिक १५ आइतवार १३:२५

शनिबार आयोजित ‘मिसेस नेपाल वर्ल्ड २०२६’ को ग्रान्ड फिनालेमा बिनिता...

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

‘आईटी विज्ञ’ विवेक मनोज केसीलाई आईजीपी बनाउने भन्दै आर्थिक चलखेलमा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १४:२०

काठमाडौं: प्रहरी महानिरीक्षक देशको हुन्छ । अनुसन्धानमा रहेको कुनै व्यक्तिले...

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...