लिग वान फुटबलमा पीएसजीको पहिलो जित, नेयमारमाथि दुई खेलको प्रतिबन्ध
वि.सं.२०७७ असोज १ बिहीवार १०:०७
1.8K
shares
एजेन्सीः लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले नयाँ सिजनको तेस्रो खेलमा पहिलो जित निकालेको छ ।
गएराति भएको खेलमा पीएसजीले मेट्जलाई १–० पराजित गर्यो । दोस्रो हाफको इन्जुरी समयमा जुलियन ड्रेक्सलरको गोलले पीएसजीले तीन अंक बटुलेको हो ।
खेलको ६५ औं मिनेटमा पीएसजीका अब्दु डायलो दोहोरो पहेलो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । ड्रेक्सलरले १० खेलाडीमा सिमित बनेको पीएसजीलाई खेलको इन्जुरी समयमा गोल गर्दै जित दिलाएका हुन् ।
जितसंगै पीएसजीले तालिकामा ३ अंक जोडेको छ ।
यसैबीच पीएसजीका स्टार नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको छ । मार्सेबिरुद्धको खेलमा रातो कोर्ड खाँदै मैदान बाहिरिएका नेयमारमाथि दुई खेलको प्रतिबन्ध लागेको हो ।
फ्रेन्च फुटबलका अधिकारीले नेयमारले दाबी गरेको नश्लीय दुर्व्यवहारको आरोपमाथि अनुसन्धान गर्ने बताएका छन् ।
आईतबार भएको तनावपूर्ण खेलमा नेयमार सहित ५ खेलाडीले फ्रेन्च लिगमा रातो कार्ड खाएका थिए । मार्सेका अल्भारो गोन्जालेजमाथि हातले हानेपछि नेयमारलाई समेत रातो कार्ड देखाईएको थियो ।
वि.सं.२०७७ असोज १ बिहीवार १०:०७



















