YouTube Link

मूल्यभन्दा दोब्बरमा प्याज बेचेर उपभोक्ता ठगी गर्ने बल्खु तरकारी बजारका दुई व्यापारी पक्राउ

World Cup 2026
Facebook Link

काठमाडौं: खरिद मूल्यभन्दा दोब्बरमा प्याज बेचेर उपभोक्ता ठगी गर्ने बल्खु तरकारी बजारका २ व्यापारी पक्राउ परेका छन् ।

बुधबार काठमाडौं महानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा बल्खु तरकारी बजारका चुली सगरमाथा इन्टरप्राईजेज र एसके सप्लायर्सले प्याजमा दोब्बर मूल्य असुलेको भेटिएपछि त्यसका संचालकलाई महानगरीय प्रहरी वृत्त कालीमाटीले सोधपुछका लागि हिरासतमा लिएको हो ।

प्रतिकिलो ४५ देखि ५० रुपैयाँसम्ममा खरिद गरेको प्याज प्रतिकिलो १२० रुपैयाँसम्ममा बेचेका भेटिएको काठमाडौं महानगरपालिकाले जनाएको छ । प्याजको मूल्यमा अस्वाभाविक वृद्धि देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मंगलबार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिमा अनुगमन गरी बिलबिजक सहित ३ दिनभित्र उपस्थित हुन ६ व्यवसायीलाई निर्देशन दिएको थियो ।

भारतले प्याज निकासीमा बन्देज लगाएको भोलिपल्टैबाट नेपाली बजारमा मूल्य आकासिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र काठमाडौं महानगरपालिको प्याजकेन्द्रित बजार अनुगमन बढाएका हुन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

मुख्य एजेण्डा प्रधानन्यायाधीश नियुक्ति

वि.सं.२०८३ वैशाख २३ बुधवार १४:२८

काठमाडौं: सरकारले सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने भएको...