तानियो रातो मच्छिन्द्रनाथको रथ, भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व सम्पन्न गरिने
वि.सं.२०७७ भदौ २१ आइतवार २२:२८
1.4K
shares
ललितपुर : रातो मच्छिन्द्रनाथको रथ आज दिउँसो तानिएको छ । रथ राखिएको ललितपुरको पुल्चोकदेखि केही पर सोह्रखुट्टे पाटीसम्म तानिएको हो ।
यस वर्ष कोरोना महामारीका कारण रथलाई रथलाई ६/७ किलोमिटर सम्म (बुङमती) नपुर्याई अलिकति तानेर टुङ्ग्याउने योजना अनुसार तानिएको ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बताए ।
भदौ २६ गते उपयुक्त साइत पारेर रातो मच्छिन्द्रनाथको मूर्तिलाई अवतरण गराई बुङ्गमती लगिने र त्यसको चार दिनपछि भदौ २९ गते विशेष पूजाआजा गरी जात्रा पर्व समाप्त गरिने पनि महानगरपालिका प्रमुख महर्जनले बताए ।
रातो मच्छिन्द्रनाथको रथ तान्न ४ सय ३४ जना सहभागी भएका थि ए। जसमध्ये १ सय ६० जना रथ तान्न, १ सय २४ जना स्वयंसेवक, करिव ३० जना बाजागाजा बनाउने र ज्यापू समाजका पदाधिकारीसहित भेला भएका थिए ।
प्रहरीले कार्यक्रमस्थललाई चारैतर्फबाट घेरा हालेर सुरक्षा दिएको थियो । यस वर्ष नरिवल खसाल्ने र भोटो देखाउने कार्यक्रम भने आयोजना हुने छैन ।
वि.सं.२०७७ भदौ २१ आइतवार २२:२८




















