नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुग्यो, निको हुनेको संख्या २४ हजार दुई सय सात
वि.सं.२०७७ भदौ १८ बिहीवार १७:१५
1.7K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले थप १ हजार २ सय २८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।
प्रवक्ता गौतमका अनुसार आज संक्रमित हुनेमा ३ सय ९४ महिला र ८ सय ३४ जना पुरुष रहेका छन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८ सय ७७ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
आज नेपालमा संक्रिय संक्रमितको संख्या १८ हजार ८ सय १३ रहेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ४ सय १३ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
त्यस्तै पछिल्लो २४ घण्टामा थप ९ सय १७ जना कोरोना संक्रमित निको भएका छन् । योसँगै निको हुनेको संख्या २४ हजार २ सय ७ पुगेको छ ।
वि.सं.२०७७ भदौ १८ बिहीवार १७:१५




















