नेपाल ह्याण्डबल संघलाई एसियाली ह्याण्डबल महासंघको सात लाख बढी अनुदान
वि.सं.२०७७ भदौ १७ बुधवार १६:५२
1.6K
shares
काठमाडौं: ह्याण्डबल खेलाडी, प्रशिक्षक लगायतका लागि एसियाली ह्याण्डबल महासंघले नेपाल ह्याण्डबल संघलाई ७ लाख बढी अनुदान दिएको छ ।
महासंघले ह्याण्डबल संघलाई ६ हजार स्विस फ्रांक अर्थात ७ लाख ७० हजार भन्दा बढी रकम सहयोग पठाएको हो ।
माहासंघले ६ हजार स्विस फ्रांक अर्थात ७ लाख ७० हजार रुपैयाँ हाराहारीको रकम कोरोना राहात स्वरुप पठाएको ह्याण्डबल संघले जानकारी दिएको छ ।
राहत स्वरुप प्राप्त रकमले ह्याण्डबलमा आवद्ध खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक, रेफ्री लगायतको कोरोना बिमा हुने संघका अध्यक्ष तेजबहादुर गुरुङले जानकारी दिए ।
अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघबाट आएको सहयोग राहत वितरण लगायतका काममा लगाईने छ र कोरोनाको पछिल्लो परिस्थितिलाई मध्यनजर गरेर सबैभन्दा पहिले सम्बन्धित सबैको कोरोना बिमा हुने गुरुङले जानकारी दिए ।
राहतको रकम प्राप्त हुनु अघिनै संघले २०० बढी खेलाडी लगायतको कोरोना बिमाको तयारी गरिसकेको छ ।
अहिलेसम्म नेपालको प्रतिनिधित्व गर्दै कुनैपनि अन्तर्राष्ट्रिय प्रतियोगितामा खेलेका सिनियर तथा जुनियर खेलाडीको बिमा गर्ने तयारी भएको उनले जानकारी दिए ।
वि.सं.२०७७ भदौ १७ बुधवार १६:५२




















