सानिमा बैंकको ८० औं शाखा कार्यालय संचालनमा
वि.सं.२०७७ भदौ १६ मंगलवार १४:४४
1.9K
shares
काठकाडौं: सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८० औं शाखा कार्यालय संचालनमा ल्याएको छ । शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का का.मु प्रमुख रञ्जन मैनालीले गर्नु भएको छ ।
कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस समयमा भलवारी शाखाले उक्त क्षेत्रका स्थानीयबासीहरुलाई अत्यावश्यक बैंकिङ्ग सेवा प्रवाह गर्ने र संक्रमण न्यून हुँदै गएसँगै आवश्यक सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।
बैंकले जोखिमपूर्ण यस समयमा सम्पूर्ण कोरोना भाइरस संक्रमण रोकथाम सम्बन्धी आवश्यक सुरक्षा नीति अपनाइ कारोबार संचालन गर्ने जनाएको छ ।
वि.सं.२०७७ भदौ १६ मंगलवार १४:४४




















