स्पेनको फुटबल संघद्वारा स्पेनिस ला लिगा नयाँ सिजनको खेल तालिका सार्वजनिक
वि.सं.२०७७ भदौ १६ मंगलवार १४:४४
2.2K
shares
एजेन्सी: स्पेनको फुटबल संघले स्पेनिस ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।
साविकको विजेता रियाल मड्रिडले डर्बी क्लब गेटाफेसँग खेल्दै सिजनको शुरुवात गर्ने भएको छ ।
यस्तै बार्सिलोनाले यसै सिजन ला लिगामा उक्लिएको एल्चसँग पहिलो खेल खेल्ने तालिका रहेको छ ।
लालिगाको नयाँ सिजन सेप्टेम्बर दोश्रो साताबाट शुरु हुने उल्लेख छ । संघले सेप्टेम्बर १२ अथवा १३ बाट नयाँ सिजन शुरु हुने जनाएको छ ।
बार्सिलोना र रियाल मड्रिडबीचको ला लिगा महत्वपूर्ण तालिका पनि तय भएको छ ।
पहिलो लेगको खेल बार्साको घरेलु मैदान क्याम्प नाओमा अक्टोबर २५ मा खेलिनेछ ।
यस्तै अप्रिल ११ मा दोश्रो लेग रियालको घरेलु मैदानमा हुनेछ ।
कोरोनाका कारण नियमित तालिकामा असर परेकोले यस वर्षको सिजन केही फरक हुनेछ ।
वि.सं.२०७७ भदौ १६ मंगलवार १४:४४




















