YouTube Link

रामेछापमा कुकुरले टोकेर एकै दिन १४ जना घाइते

Facebook Link

रामेछाप: रामेछाप जिल्लाको मन्थलीमा सनिवार विहान कुकुरले टोकेर १४ जना घाइते भएका छन् ।

रेबिज लागेको आशंका गरिएको  कुकुरले टोकेर १४ जनालाई घाइते बनाएको हो । घाइते मध्ये ४ जनालाई थप उपचारका लागि काठमाडौं लगिएको छ भने ९ जनाको  मन्थली स्थित तामाकोसी अस्पताल, रामेछाप सामुदायिक अस्पताल  र प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

कुकुरले जथाभावि मानिसहरुलाइ टोकेर घाइते बनाएको रामेछापका प्रहरी प्रमुख बसन्त पाठकले जानकारी दिनुभयो ।  यस अगाडि पनि कुकुरले मन्थली बजारमा मानिसलाइ टोक्ने गरेको भएपनि एकैदिन यति धेरैलाइ टोकेको  यो पहिलो घट्ना भएको मन्थली नगरपालिकाको  पशु शाखाका रोहणि चापागाईले बताउनु भयो  ।

मन्थलीमा सनिवार कुकुर आतंकनै मच्चिएको थियो । मानिसहरु कुकुर देख्ने वित्तिक्कै भाग्न थालेका थिए । कुकुरले एक महिना अगाडि देखि नै मन्थली बजारमा दुःख दिन थालेको थियो । अहिले अझ कुकुरको विगविगी  बढ्दै गएको छ । रेविज लागेको कुकुरले टोक्दा यस अगाडि मन्थली नगरपालिकामा मात्र ७ वटा पशु मरेका थिए  ।

अहिले पनि नगरपालिका क्षेत्र भित्र २२ वटा पशुलाई रेविज बिरुद्धको खोप दिइरहेको मन्थली नगरपालिकाको पशु शाखाले जनाएको छ । सनिवार विहान मानिसहरुलाई टोक्दै हिड्ने कुकुर पनि रेविज लागेको हुन सक्ने अनुमान गरिएको छ । मानिस देख्ने वित्तिक्कै जथाभावि टोक्दै हिडेको एउटा कुकुरलाइ भने मारिएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

बालेन र रविबीच बूढानीलकण्ठमा चार घण्टा मन्थन

वि.सं.२०८३ असार २९ सोमवार १२:४२

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र र सरकार सञ्चालनमा नीतिगत...

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

सेमिफाइनल समीकरण पूरा, अर्जेन्टिना-इंग्ल्यान्ड र फ्रान्स-स्पेन भिड्ने

वि.सं.२०८३ असार २८ आइतवार १२:४७

काठमाडौं: फिफा विश्वकप २०२६ को सेमिफाइनल समीकरण पूरा भएको छ...