YouTube Link

राष्ट्रिय बाणिज्य बैंकको सञ्चालक समितिको बैठक बस्न सकेन

World Cup 2026
Facebook Link

काठमाडौं: राष्ट्रिय बाणिज्य बैंकको नवनियुक्त अध्यक्ष उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलका सम्धी नाता पर्ने प्रा. डा. उपेन्द्र कोइरालाको बुधबार पदभार ग्रहण गर्ने कार्यक्रम थियो ।

कोइरालालाई सरकारले राष्ट्रिय बाणिज्य बैंकको अध्यक्षमा चयन गर्ने योजना अन्तत बुधबारको लागि तुहिएको छ । राष्ट्रिय बाणिज्य बैंकको बुधबार बस्ने संचालक समिति बैठकले कोइरालालाई अध्यक्ष चयन गर्ने कार्यक्रम रहेको थियो ।

मंगलबार र बुधबार सञ्चार माध्यममा उपप्रधानमन्त्रीको सम्धी भएकाले वाणिज्य बैंकको अध्यक्ष बनाउन लागेको भन्दै तिव्र आलोचना भएपछि बुधबार बाणिज्य बैंकको संचालक समिति बैठक बस्न सकेन ।

यसप्रति उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नो नाम जोडेर मिडियामा समाचार आएको भन्दै खण्डन गरेका छन । उपप्रधानमन्त्री पोखरेलले आफुले कुनै दवाव नदिएको र आफ्नो नाताबाट कुनै दुरुपयोग नभएको विज्ञप्ती निकालेका छन् ।

विज्ञप्तीको पुरा अंश

सबै महानुभावहरूमा अनुरोध !

केही दिनयता मलाई केन्द्रीत गरी कतिपय संचार माध्यमहरूले समाचार सम्प्रेषण गरेका छन् । ती समाचारहरूप्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ ।

मेरो परिवारका कुनै सदस्य वा मेरा कुनै नाता सम्बन्धमा रहेका व्यक्तिहरूद्वारा पद वा मसितको सम्बन्धको दुरूपयोग गरी विद्यमान क़ानूनी व्यवस्थालाई उल्लंघन गरेर लाभ लिएको वा पद प्राप्त गरेको भन्ने विषयमा कुनै सत्यता छैन । भएका काम विधिसम्मत, पारदर्शितासहित र संस्थागत निर्णय प्रक्रियाका आधारमा मात्रै भएका छन् । कहींकतै पनि मेरो अवाञ्छित चासो वा हस्तक्षेप नभएको कुरा जानकारी गराउँदछु । यदि अन्यथा भएको पाइएमा वा प्रमाणित भएमा सार्वजनिक रूपमा सजायको भागिदार हुने समेत विश्वास दिलाउन चाहन्छु । मेरो यो दृढता र विश्वासलाई लाञ्छित गर्ने हिसाबले तथ्यहीन र अत्यन्त गलत मनसायका साथ सार्वजनिक भएका/गरिएका कुराहरूप्रति खेद व्यक्त गर्दछु । यस्तो विषयका कारण दु:खित हुनुभएका मप्रति सद्भाव राख्ने, मलाई माया गर्ने, समर्थन गर्नुहुने आदरणीय मित्रहरूलाई कुनैपनि किसिमको भ्रममा नपर्न अनुरोध गर्दछु । विगतमा राजाले सम्पूर्ण शासन सत्ता आफ्नो हातमा लिएको र त्यसविरूद्ध संघर्ष गरेका कारण यातनापूर्ण बन्दी जीवन विताइरहेका बेला सम्पूर्ण रूपमा बदनाम र चरित्रहत्या गर्ने हिसावले “घरको पानी ट्यांकीमा पैसा राखेको” कुप्रचार गरिएको थियो । अहिले विगतको निरंकुश शाही शासनका तिनै दुष्ट मतियारहरू समेत नयाँ ढंगले मेरो बिरूद्धमा स्वर उरालिरहेका छन् ! म ती सबैलाई चुनौती दिदै घृणापूर्वक अस्वीकार गर्दछु । सम्पूर्ण शुभचिन्तक, समर्थक, मित्रहरू तथा आम जनतालाई विश्वास दिलाउन चाहन्छु- तपाईंहरूको विश्वास र भरोसालाई म कहिल्यै/कहिल्यै कमजोर हुन दिने छैन किमार्थ टुट्न दिने छैन !!

– ईश्वर पोखरेल
१० भदौ, २०७७

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

अब के को सम्पत्ति विवरण ? खरानी छ, उठाएर लैजा सरकार: ओली

वि.सं.२०८३ जेठ २० बुधवार १३:५१

काठमाडौं: नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले...

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

सरकारले आज २० खर्ब हाराहारीको पूर्ण बजेट ल्याउँदै

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:५१

काठमाडौं: सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आज...

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

ओली, लेखक र गुरूङमाथि कारबाही, १७ सांसद अनुसन्धानमा

वि.सं.२०८३ जेठ १५ शुक्रवार ०९:३३

काठमाडौं: जेन-जी विद्रोह २०८२ का बारेमा गठित मानवअधिकार आयोगको बहुप्रतिक्षित...

संसद्का दुवै सदनको बैठक बस्दै

संसद्का दुवै सदनको बैठक बस्दै

वि.सं.२०८३ जेठ १३ बुधवार ०९:२२

काठमाडौं: संघीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै समयमा बस्दैछ...

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

गाभिएका मन्त्रालयहरुको नाम परिवर्तन सुरु

वि.सं.२०८३ जेठ ३ आइतवार ०८:४२

काठमाडौं: सरकारले प्रशासनिक सुधार, मितव्ययिता र कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यसहित...

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

दक्ष जनशक्तिसहित विपद् प्रतिकार्यका लागि नेपाल प्रहरी ‘हाई अलर्ट’

वि.सं.२०८३ वैशाख २८ सोमवार ११:३०

काठमाडौं: विपद् जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरी जनचेतना जगाउँदै सम्भावित...