YouTube Link

भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराए टुलुटुलु हेरेर नबस्ने अमेरिकी विदेश मन्त्री पोम्पेओले चेतावनी

World Cup 2026
Facebook Link

एजेन्सी: अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले भेनेजुयलामा गोप्यरूपमा रूसी सैनिकलाई प्रवेश गराएको भन्दै यसलाई अमेरिकाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् । भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोको प्रशासनलाई सघाउन रूसी सेनालाई भेनेजुयला प्रवेश गराएको भन्दै पोम्पेओले अमेरिकाले टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएको खबर अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

अमेरिकी विदेशमन्त्रीले आफ्ना रूसी समकक्षी सेर्गेई लाभरोभलाई टेलिफोन गरी दक्षिण अमेरिकी मुलुक भेनेजुयलामा विकसित पछिल्लो राजनीतिक सङ्कटमा रूसी सैनिकको बढ्दो दवाबले प्रतिपक्षीको आवाजलाई कमजोर बनाउने काम वासिङ्टनका लागि सह्य नहुने बताएका हुन् । अमेरिकी विदेश मन्त्रालयले मंगलबार जारी गरेको विज्ञप्तिमा भेनेजुयलाको तनावलाई रूसले थप उत्तेजित पार्न खोजे संयुक्त राज्य अमेरिका तथा क्षेत्रीय मुलुकहरू यसप्रति चुप लागी नबस्ने पोम्पेओले फोनमा लाभरोभलाई बताएको उल्लेख गरिएको छ ।

विदेशमन्त्री पोम्पेओले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरोलाईलाई अबैधानिक भन्दै रुसी सैनिक अधिकारीको प्रवेशले अन्तरिम राष्ट्रपति हुँवा गुएइदोका समर्थकलाई खतरा बढाएको बताएका छन् । गुएइदोलाई अमेरिका तथा ल्याटिन अमेरिकी तथा यूरोपेली केही मुलुकहरूको समर्थन रहेको छ भने मदुरोले चीन र रूसको समर्थन पाएका छन् । अमेरिकी प्रतिस्पर्धी मुलुकहरू चीन र रूसले भेनेजुयलाको मदुरो सरकारलाई आर्थिक तथा राजनीतिक सहयोग प्रदान गर्दै आएका छन् । अमेरिकाले रूसलाई ‘गैर-रचनात्मक व्यवहार’ लाई रोक्न र गुएइदोलाई समर्थन गर्न आग्रह गर्दै आएको छ ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...