YouTube Link

एएफसी यू-२३ च्याम्पियनसिप छनोटमा नेपाल अफगानिस्तानसँग २-० गोल अन्तरले पराजित

World Cup 2026
Facebook Link

काठमाडौं: कतारमा जारी एएफसी यू-२३ च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको छ । कतारको दोहास्थित स्पोर्टस सिटी सेन्टरमा मंगलबार भएको खेलमा नेपाल अफगानिस्तानसंग २-० गोल अन्तरले पराजित भएको हो ।

अफगानिस्तानलाई जित दिलाउन सोलोमोन साह र अहमेद ओम्रानले एक एक गोल गरे । खेलको २४ औं मिनेटमा सोलोमोनले गोल गर्दै अफगानिस्तानलाई सुरुवाती अग्रता दिलाए । खेलको ३४ औं मिनेटमा अहमेदले गोल गर्दै अफगानिस्तानलाई २-० को जित दिलाए । अफगानिस्तानसंगको हारसंगै समूह ‘ए’ मा रहेको नेपाल जितविहीन बन्दै घर फर्किएको छ । नेपालले ३ खेलमा अंक जोडन सकेन र पुछारमा रहदै प्रतियोगिता सकाएको छ । अफगानिस्तान भने सान्त्वना जितसहित घर फर्किएको छ ।

अफगानिस्तानले ३ अंक जोड्यो । छनोटमा खराब प्रदर्शन गरेको नेपालले पहिलो खेलमा ओमानसंग १-० गोल अन्तरको हार व्यहोरेको थियो । यस्तै दोस्रो खेलमा कतारसंग ४-० ले पराजित भएको थियो । यस समूहबाट आयोजक कतार शीर्ष स्थानमा रहदै थाइल्याण्डमा अर्को बर्ष आयोजना हुने एएफसी यू-२३ च्याम्पियनसिपमा छनोट भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

नेपालले भुटानसँग खेल्दै प्रतियोगिता सुरु गर्दै

वि.सं.२०८३ जेठ ११ सोमवार ०९:४०

काठमाडौं:  साफ महिला च्याम्पियनसिप २०२६ को उद्घाटन खेलमा आज नेपालले...

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

नेयमारसहित ब्राजिलको विश्वकप खेल्ने २६ सदस्यीय टोली घोषणा

वि.सं.२०८३ जेठ ५ मंगलवार ०८:४५

एजेन्सीः विश्वकप खेल्नका लागि नेयमारसहित ब्राजिलको २६ सदस्यीय टोलीको घोषणा...

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

करण केसीलाई एक खेल प्रतिबन्ध सहित म्याच शूल्य जरिवाना

वि.सं.२०८२ चैत २९ आइतवार १३:१२

काठमाडौं: नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल पुलिस क्लबका तीव्र...

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

प्रीति राईले क्याम्बोडियन महिला लिग खेल्ने

वि.सं.२०८२ चैत २४ मंगलवार ०९:४३

काठमाडौं: नेपाल महिला राष्ट्रिय फुटबल टोलीकी मिडफिल्डर प्रीति राईले क्याम्बोडियन...

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

न्यूजिल्याण्डको अकल्याण्डमा साम्बाको भयो घुँडाको शल्यक्रिया

वि.सं.२०८२ चैत ११ बुधवार ११:०२

काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टिमकी कप्तान स्टार स्ट्राइकर सावित्रा भण्डारी...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...